आहा संचार संबाददाता
रुकुम १, फागुन : २३ औं जनयुद्ध दिवसको अवसरमा आजदेखि रुकुम सदरमुकाम मुसिकोटको बराहटाकुरामा जिल्ला स्तरीय प्रथम मुसिकोट नगर खेलकुल प्रतियोगिता शुरु भएको छ । शुरुवातको भलबल प्रतियोगीता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले उद्घाटन गरे । मुसिकोट नगर स्तरीय खेलकुल समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका बिभिन्न ७ वटा महिला र ७ वटा पुरुष समुहले सहभागीता जनाएका छन । मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको भलिबल प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने समुहले ५१ हजार, दोस्रोले ३१ र तेस्रो २१ हजार नगद रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष भुसन रावलले जानकारी दिए । उनका अनुसार नगर खेलकुल समितिले महिला तथा पुरुष भलिबल सगै अन्य बिभिन्न खेलकुद सहितका साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरेको छ ।
