आहा संचार संबाददाता
माओबादी नेता तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले ६ नम्बर प्रदेश बनाउनका लागि अब बन्ने सरकारले कालिगढको काम गर्ने बताएका छन । ६ नम्बर प्रदेश अथाह सम्भावना सहितको सुनको डल्लो भएको बताउदै पुर्व गृहमन्त्री समेत भएका शर्माले यी सुनको डल्लाबाट चाहेको गहना बनाउने काम अबको सरकारले गर्ने बताए । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशले सुर्खेतको वीरेन्द्रनगमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । कुनै व्यक्तिगत लाभ नराखी भ्रष्ट्राचार अनी कमिसनका विरुद्ध लडेर काम गरे यो प्रदेश दश वर्षमा नम्बर १ प्रदेश बन्ने ठोकुवा गरे । यो प्रदेशमा विद्यमान समस्याको सामना गर्नका लागि आफुहरु चुनिएको भन्दै उनले दुई वर्ष अगाडि आफुले निर्माण गरेको खाकालाई व्यवहारमा उतार्ने बेला आएको धारणा राखे । कुनै दल नभनी सबै मिलेर उत्कृष्ट प्रदेश बनाउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
फेसबुक प्रतिक्रियाहरु