मनिषा राई
रोल्पा
माडी गाउँपालिका–५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षिय ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरको उपचारको लागि बिदेशमा रहेका प्रवासी नेपाली लगायतले सहयोग गरेका छन् । उनको उपचारको लागि हालसम्म नेपालमा रहेका र बिदेशमा भएका नेपालीहरुबाट करिव २ लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ ।
जसमा रोल्पा काठमाडौँ संघिय जनसम्पर्क मञ्चका उपाध्यक्ष अमला रोकामगरले ५० हजार, उपराष्ट्रपति पुत्र दीपेश पुनले २० हजार, उपराष्ट्रपति कार्यालयका प्रेस संयोजक मनोज घर्तीमगरले १० हजार, माडी गाउपालिका सदस्य तथा महिला अधिकारकर्मी आइतमाली वलीले रु २० हजार, तेजप्रसाद रेग्मीले ३० हजार र शुष्मा राईले १० हजार रुपैयाँ सहयोग गरेका छन् । यसैगरी, पीडित सन्तोषको सहयोगको लागि नेपाल तथा नेपाल बाहिरका युवाहरुले सन्तोष बचाउ अभियान चलाएका छन ।
भावाङगी प्रबासी समुह साउदी अरेयिबा, सन्तोष बचाउ अभियान दोहा कतार र मनकारी कोष माडी गाउपालिका भावाङ रोल्पा मलेसिया लगायत अभियानबाट सहयोग संकलन गरीरहेको माडी गाउँपालिका ५ भाबाङका वडाअध्यक्ष भरत बुढामगरले बताए । उनका अनुसार सन्तोषको उपचारमा आर्थिक संकलन गर्नको लागि मोवाइल, फेसवुक ग्रुप च्याच आदि बाट पहल भइरहेको छ । वडाअध्यक्ष बुढाले ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरलाई आर्थिक सहयोग गर्न चाहने सहयोगीहरुको लागि ग्लोबल बैंकको खाता नं. ३३०९०१११५०२७२ मार्फत सहयोग गर्न सकिने जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto