आहा सञ्चार संबाददाता
नयाँ जिल्ला रुकुम पुर्बको सदरमुकाम रुकुकोटबाट गोल्खाडामा सार्ने सरकारको निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिट आज फैसला हुँदैछ । सरकारले सदरमुकाम गोल्खाडामा तोक्ने निर्णय गरेपछि त्यसविरुद्धमा अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा आज न्यायधीस दिपकुमार कार्की ईजलासमा सुनुवाई भएको छ । बहस केहिबेरअघि सकिएको र केहि घण्टापछि आजै फैसला आदेश हुने रिट दायरकर्ता हमालले टेलिफोनमा आहा सञ्चारलाई जानकारी दिए । त्यस्तै, सरकारको निर्णयविरुद्धमा रुकुमकोटमा सातादेखि आन्दोलन छ । सरकारको निर्णय फिर्ता नभएसम्मका आन्दोलन जारी रहने उनीहरुको भनाई रहेको छ । तर सर्बोच्च अदालतमा निर्णय बिरुद्ध रिट नै दायर भईसकेका कारण अब अदालतको फैसला अनुसार आन्दोलनको स्वरुप परिवर्तन हुनसक्ने अनुमान लगाउन सकिन्छ । हेर्नुहोस यस्तो छ रिटबारे सर्बोच्चले गरेको सार्बजनिक जानकारी ।
