आहा सञ्चार संबाददाता
रुकुम १७, माघ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी रुकुमले रुकुम जिल्लामा सञ्चालित गैरकानुनी प्राबिधिक शिक्षण संस्थाहरुमा भएको व्यापारिकरण र माफियाकरणका बिषयमा आफ्नो संगठनले निरन्तर आन्दोलन गरिरहेको भएपनि केहि बिद्यार्थी संगठन र राजनीतिक नेतृत्वहरुले माफियाकरणलाई नै सहयोग पुग्ने खालका गतिबिधी गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । शनिबार एक बिज्ञप्ती जारी गर्दै संगठनले त्यस्ता गतिबिधिका बिरुद्ध घोर भत्सना पनि गरेको छ । बिज्ञप्तीमा प्राबिधिक शिक्षण संस्था मार्फत ठगिएका रुकुमेली पीडित बिद्यार्थी, सिटिईभिटि नेपालगंज कार्यालय, अखिल क्रान्तिकारी रुकुम र संचालकहरुबिच सहमति कार्यन्वयन गराउने यात्रामा संठगन लामबद्ध भएपनि नेकपा माओबादी केन्द्रमा आबद्ध नेताहरुबाट त्यसलाई बिफल बनाएर दोषीहरुलाई जोगाउन खाजेको आरोप लगाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto