आहा सञ्चार संबाददाता
ओखलढुंगा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेघाहर्जले आफ्नो स्थापनाको दशौ बर्षमा प्रवेश गरेको छ । मानब बिकास सेवाको लागि नारा लिई २०६५ साल माघ १५ गतेबाटबाट आफ्नो प्रसारण सुरु गरेको यस रेडियोले आफनो सफलताको एक दशक पार गर्न लागेकोे हो ।

रेडियोले जिल्ला सदरमुकाम स्थित कमेरेडाडाँमा स्टुडियो र टावर राखी ५ सय वाटको क्षमतामा दैनिक १८ घण्टा समाचार, सुचना, मनोरञ्जनात्म, ज्ञानबद्र्धक तथा बिभिन्न उमेरसमुह लक्षित कार्यक्रमहरु प्रसारण गदै आएको छ । आम नागरिकको सूचना पाउने अधिकारको पक्षमा सुचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्यको संरक्षण गर्दै समुदायको सेवामा लागीपर्ने उदेश्यले राखेर प्रशारण शुरु गरेको हो ।

रेडियोको स्थापना दिनको अवसरमा शुभकामना ब्यक्त गर्दै रेडियोका संयोजक बिजयकुमार मानन्धरले रेडियो सञ्चालनमा सहयोग पुर्याउने मानब बिकास तथा सामुदायिक सेवा (एचडिसिएस), सहयोगी संस्था फिबा, रेडियोका कर्मचारी, बिज्ञापनदाता तथा आम श्रोताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताएका छन ।

उनका अनुसार यस रेडियोले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले समुदायको सेवाका लागी बिभिन्न कार्यक्रमहरु प्रशारण गर्दै लैजाने छ । वार्षिक उत्सवको अवसरमा जिल्ला कारागार ओखलढुंगामा रहेका कैदिबन्दी र सामुदायिक अस्पतालमा रहेका बिरामी तथा गर्भवतीहरुलाई फलफुल तथा बितरण गरेको छ । रेडियोले ७० बर्ष पार गरेका जेष्ठनागरिकलाई पनि सम्मान गर्ने बताएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...