आहा संचार संबाददाता
रुकुम १४, माघ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंक शाखा बिस्तार भएको छ । स्थानीय तह बनेसगै बैंकहरुलाई स्थानीय तहमा लैजाने राष्ट्र बैंकको निर्देशन अनुसार गाउँपालिकाको सिम्लीबजारमा आज (आईतबार) सनराइज बैंक लिमिटेडको ७६ औं शाखा बिस्तार भएको हो ।
बैंक केन्द्रिय कार्यालयका नायब महाप्रवन्धक अपच कुमार यादव र गाउँपालिका अध्यक्ष नर बहादुर पुनले सयुक्त रुपमा रिवन काटेर शाखा उद्घाटन गरे । बैंकका नायब महाप्रवन्धक अपच कुमार यादवले जनताबाट जम्मा भएको रकम जनतालाई नै विभिन्न आयआर्जन तथा व्यावसायिक कर्जाको रुपमा दिने उदेश्यका साथ बैंक शाखा बिस्तार भएको बताए ।
गाउँपालिका अध्यक्ष पुनले बैंक शाखा बिस्तार सगै स्थानीय तहबाट गरिने आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न सहज भएको बताए । यसअघि रुकुम सिम्लीमा बैंक शाखा नहुँदा सदरमुकाम खलंगामा आएर बैंकिंग कारोबार हुने गरेको थियो । जिल्लाका अन्य स्तरीयतहहरुमा पनि बैंक शाखा बिस्तार गर्ने बताईएपनि हालसम्म बिस्तार हुन सकेको छैंन ।
फेसबुक प्रतिक्रियाहरु