आहा कबिता : आजको लोकतन्त्र

Byआहा सञ्चार

२०७४ माघ १३, शनिबार १६:३०


अनन्त भण्डारी
उद्योगपति, पुँजिपति दलालबाट
यीनले मनपरि चन्दा लिए
जसले बढी चन्दा दियो , उसैलाई
दलले उमेदवार बनाइ दिए ।।
यसरी प्रत्येक पार्टीहरुमा घुसे यहा
दलाल र पुजीपति ।

भोली चुनाब जितेर साँसद र मन्त्री भए
गर्ने छन ठुलो क्षति ।।
प्रत्येक दलहरुमा समान्तबाद घुसिगयो
हुदैन गरीबको भलो ।
कानुन समान्तबादकै पक्षमा बन्ने छ है यहाँ
हरायो श्रमिकको थलो ।।
लोकतन्त्र, नेताहरु भनत आयो यहाँ
जनता लाइ भयो लुटतन्त्र ।
यहाँ जनबादी नर्सरी, पुजीबादमा कलम जोडियो
सामन्तबादको यो मन्त्र ।।
मृत्युदन्ड संबिधानबाट हराइ सके
अपराधी नेता गण मिली ।

देशद्रोहीलाइ पनी मृत्युदन्ड नहँुने भयो
जनता परे यहा टिलीबिली ।।
प्रत्येक चिजहरुमा कर बढाउने छन यहा
गाउ र नगरपालिकामा ।
त्यसैले त घोषण गरे दुर्गम ठाँउहरुमा
नगरपालिकाहरु यहाँ ।।
मेयर र उपमेयर भएर नेताहरु यहाँ
चढने छन पँजेरो पनी ।
दश हजार देखी दुइ लाख सम्म तलब
पाउनेछन नेताहरु यीनी ।।
एक मुठी जौ नउब्जने ठाउमा कर बढाएर
असुल्ने छन रोपनीको ५० प्रतिशत पनि ।
तराइमा कर बढाएर असुल्ने छन यिनीहरु
कठ्ठाको एक सय पनी ।।

यसरी कर असुली गरेर दलहरु यहाँ
सञ्चालन गरौला भनी ।।
दश लाखको योजना आयो भने यहाँ
दुइ लाख दललाइ पनि ।।
छुट्याएर नै भ्रष्टाचारी सिकाउनेछन हाम्रा
दलहरुले नै लौ यहाँ ।
त्यसलाइ समायोजन गर्दा खेरी आधा
खान्छन ठेकेदारहरुले त्यहाँ ।।
दुधले नुहाएको कोही पनी छैन यहाँ
जनप्रतीनिधी पनी ।।
बैठक भत्ता र तलबले मात्र नपुगेर यहाँ
लुकाइ खाने छन यिनी ।।
राष्ट्रबादी कर्मचारी पाउनै मुस्किल छ यहाँ
खानेछन यिनले पनी ।।

उनले तोके अनुसारको रकम नदिए
योजना पास गर्ने छैनन् तनि ।।
धर्म आर्जन गर्ने भाँडो भयो राजनीति
कमाइ ठुलो छ है नेता जिको ।।
भत्कन्छन पुल पुलेसा तिन वर्षमै यहाँ
कसले सेवा गर्छ जनताजीको ।।
सञ्चालन गरेका छन दलहरु यहाँ एनजीओ
आइएनजीओ ले पनी
च्याउ झै उम्रिएका संस्थाका महा भुभरीमा
फसे बेरोजगारहरु तनी ।।
रोजगारीमा संघ संस्थाहरुले त यहाँ
दश प्रतिशत खर्च गरे ।

नब्बे प्रतिशत ठुला ठुला होटेलहरुमा
खाएर नै पेट भरे ।।
धनको खेति गर्दछन यी संघ संस्थाहरु
गरिब त ऋणमा डुबे ।।
यसरी उपाए सकिए र बालक, श्रीमती घर छोडी
श्रीमान भारतमा पुगे ।।
भारतमा ओइरिन्छन धेरै गरिबहरु
कोही अब त पुगे बिदेशैमा ।।
ऋणमा डुबाएर गरीबकन बिदेश पठाइ
नेताहरु डलर कमाउछन यहाँ ।।
दश बर्षे जनयुद्धमा गरीब माओबादीमा
लागे श्रमिकहरु लौ भनि ।।

जनता झन भिषा खोलेर उठिबास लगाउछन
डलर कमाउछन यिनी ।।
देउबाजी बमबास गर्दछन देशभरी
म हार्छुकी चुनाब भनी ।।
कम्युनिष्टहरुले जितेभने चुनाब यहाँ
ल्याउनेछन निरँकुश तानी ।।
दक्षिण पन्थि मिलेर निमोठ्दै छन यहाँ
वामपँन्थिको नयाँ पालुवा ।।
वास्तविक श्रमिकका बर्ग दुस्मन यिनैहुन
देखाउदैछन पुरी हलुवा ।।
भन्छन खुला उदारबादी प्रजातन्त्र भनी
स्वतन्त्रको नाम पनि ।।
श्रमिकका छोरहरु मुर्ख, आवारा, गुण्डा बनाइ
रमाउछन हैलौ यिनी ।।
जाती धर्म जाँड, रक्सि, जुवा र क्यासिनो
खेलाउछन है लौ यिनी ।।
श्रमिकका छोराहरुकन सितैमा कसाएर लौ
रमाउछन है तिनी ।।

गरीबकन मुर्ख बनाएर छाडा तन्त्रको
निरङकुशता लादछन तनी ।।
श्रमिक, ज्ञानी, अनुशासित समाज कनता
अभिनायकवाद भन्छन यिनी ।।
उत्पादनका साधनहरुमा समान अधिकारको
हिस्सा बराबर गरी ।।
जाती वर्ग बिहिन समाज निर्माण गरी
समानता आउने छ है त्यसरी ।।
श्रमिकका शासनलाई अभिनायकबाद भनि
श्रमचोरहरु डराउछन ।।
छाडातन्त्रमा रण्डि बाजी जुवा तास
मदिरा सेवन गर्न मनपराउछन ।।
वर्गिय समाजमा परस्पर बिरोधी बनी
वर्गिय लडाँइछ यहाँ ।।

गहुमा घुन लागेर बर्बाद भएझै
सच्चा कम्युनिष्ट बर्वाद भए त्यहाँ ।।
वाम गठबन्धन, मजदुर, किसान, जनमोर्चा, माले
मिली सजिलो बाटो लिए ।।
अल्पमतमा भएपनी मोहन बैद्य जी नै हाल
क्रान्तिका बाहक थिए ।।
तेल्हन बाट मात्र तेल निस्कनछ भन्नेहरु
असली कम्युनिष्ट थिए ।।
बालुवा पेलेर तेल निकाल्छौ भन्नेहरु
आज खुष्चेभजी भैगए ।।
असली साम्यबाद ल्याउछौ भन्नेहरु
आब धनकमाउने बोटो लिए ।।
संसदबाटै साम्यबाद ल्याउछौ भन्ने कता
विप्लवले मार्ने भए ।।

कठ्ठर पँन्थिहरु पनि यहाँ धनकमाउन
अब सजीलो बाटो गए ।।
जनताले पनी यी श्रमचोर र ढाँटकनता
विश्वास नगर्ने भए ।।
यी वाम गठबन्धनहरु चुनाब बाट अहिले
सत्तामा जाने लौ भए ।।
साम्यबादको लोकतन्त्र भन्नेहरुता हाल
पार्टी सँकटमा नै रहे ।।
भुलीगए बिपीजीको समाज बाद यीनले
लोकतन्त्रको नाउमा ।।
दिर्घकालीन लामो सोचमा रहेछन
नेपाली जनताहरुनै यहाँ ।।
संसदबाटै साम्यादमा पु¥याउछौ भनी
गठबन्धन भएर गए त्यहाँ ।।

लोकतन्त्र समाजबाद हुदै नेपाली जनता
साम्यबाद चाहान्छन यहाँ ।।
वामगठबन्धन लाइ बिश्वास गरेर
नेपालीहरुले भोट दिए छन त्यहाँ ।।
खुस्चेभ र देनस्याओ पिङ्ग बाटो हुदै
हाम्रा कम्युनिष्ट भन्ने पनि ।।
इमान्दार नेपाली झन ढाँटेर जाँदै छन है
काँग्रेस झै हुन्छन यिनी ।।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds