समर सज्जन समर
(१)
(मेरी आमा)
साच्ची मेरो,, पहीलो प्रेम अनी
अन्तीम ,,प्रेम,,, पनी हुने छ हो
ती नारी हुन मेरी “””आमा”
यहाँ सबैले मलाई अबिस्वास गर्थे,,
तर निस्वार्थ बिस्वास गरी रहिन ती
नारी हुन मेरी आमा
कुनै दिन मैले दोपटाले पसीना
पुछेको थिए,,त्यो दोपटा
आज सम्म नधुएर राख्ने ती
नारी हुन मेरी “आमा”
म स्कूल जाँदा ५ रुपैया माग्थे
उल्टै १० रूपैया दिन्थीन ती
नारी हुन मेरी “आमा”
बाबा ले मेरो लागी भगवान सँग
प्राथना गर्नु हुन्छ,,तर भगवान सँग
सिधै लडन तयार हुन्छीन ती
नारी हुन मेरी “आमा”
म अहिले जुन रोटी को लागी
दिनहुँ भागी रहेको छु म सानो
छदाँ त्यही रोटी लीएर मेरो पछी-पछी
भाग्थिन ती नारी हुन
मेरी “आमा”
यहाँ दुनियाँ फ्रिमा कुरा गर्न पनी
चाहदैना तर आज सम्म
हरेक पल सेवा गरीकी छिन
ती नारी हुन मेरी “आमा”
यहाँ हरेक मान्छे मेरो अगाडी शर्त
राख्छ तर निशर्त मेरो बिस्वास गर्न
ती नारी हुन मेरी “आमा”
(२)
तिम्री आमा
तिमी सानो छँदा तिम्रो
पछी- पछी दगुडने नारी
म तिम्री आमा हुँ।।
जब तिमी रुन्थ्यौ तारणतार
तिमी लाई शान्त पर्न मेरो
छातीमा लरबरिको स्तन
चुसाउने नारी
म तिम्री आमा हुँ।।
तिमी लाई असाध्यै चिसो हुँदा
मेरो अंगालोमा बेरेर न्यानोपन
दिने नारी म तिम्री आमा हुँ।।
तिमी स्कुल जाँदा हरेक दिन
तिम्रो बाबा ले ५ रुपैया दिनु हुन्थ्यो
कुना मा डाकेयर छुट्टै १० रुपैया दिने
नारी म तिम्री आमा हुँ।।
तिमी लाई थाहा छ कुनै दिन
तिमीले दराजको सिसा फुटायका
थियौ तिमीले गाली खान नपरोस
भनेर त्यो गल्ती आफ्नो शिरमा लिने
नारी म तिम्री आमा हुँ।।
जब तिमी गाउँको माध्यमिक
विद्यालय
पास गरेर उच्च शिक्षाको
लागी शहर गयौ
यता लैलो गाईको थोपा -थोपा
दुध जम्मा गरी घ्यू बनायर पठाउने ,,
नारी म तिम्री आमा हुँ।।
एक दिने तल घरे रामले समर
बिरामी छ भन्दा रात भरी आखाँ चिम
नगरी रात कटाउने
नारी म तिम्री आमा हुँ।।
तिम्रो बाबा ले मेरो छोरा लाई
केही नहोस भन्नेर भगवान सँग
प्रार्थना गर्नु भयो,
तर मेरो समर लाई बिरामी
बनाउने भगवान कहाँ छन् भन्दै
खोजी रहने भौतारी रहने
नारी म तिम्री आमा हुँ।।
जब तिमीले म सन्चो भयर
अब आउदै छु भन्ने खबर दियका
थियौ सबै जना उपहार को
आशा गर्दै थिय तर तिम्रो
लागी मिठा -मिठा परिकार
बनायर राख्ने,,
नारी म तिम्री आमा हुँ।।
खै त्यो दिन अझै आयन समर
तिमीले भोली आउँछु भनेको,
हरेक दिन हरेक साँझ त्यही
बाटो कुरीं रहने
नारी म तिम्री आमा हुँ।।
अब त आउन मेरो प्यारो छोरा
म पनी बुढी भईसके तिमी
आफै्ले रोपेको त्यो रुख जवान
भईसक्यो तिमी सँग भेटन मन छ
तिमी लाई फेरी एक चोटी
अंगालोमा बाँधन मन छ
यही राहा हेरि रहने
नारी म तिम्री आमा हुँ।।
आउन अब चाडै आउन
प्यारो छोरा समर,,