बिष्णुकुमार देवकोटा
दाङ १०, माघ : ५ नम्बर प्रहरी प्रमुख एआइजि मधु प्रसाद पुडासैनिले ५ नम्बर प्रदेशमा प्रहरीले स्पेशल सुरक्षा अपरेशन शुरु गरेको बताएका छन । बढ्दो घरेलु हिंसा, सडक दुर्घटना, लागुऔषध ओसार पसार तथा प्रयोग र यसबाट घट्ने घटनाहरु, गुण्डागर्दी संगठित अपराध, नदिजन्य वस्तुहरुको अबैध उत्खनन् ओसार पसार, बनपैदावारको चोरी तस्करी लाई मध्येनजर गर्दे प्रहरीले ७ सुत्रीय स्पेशल सुरक्षा रणनितीहरु तय गरेको उनको भनाई छ ।

बुधबार पत्रकारहरुसंग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै प्रमुख पुडासैनीले यस्तो कुरा बताएका हुन । उनका अनुसार आकस्मिक ट्राफिक चेकिङ्ग, जनपद प्रहरीको परिचालन, महिला प्रहरीको, व्यवस्था, प्रहरी बिमर्शकर्ताको व्यवस्था र दण्ड जरिवाना जस्ता नीती लिईएको छ । जिल्लामा प्रहरीलाई “ट्रिट विथ स्माईल” को निर्देन दिंदै आमनागरीकहरुको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी हरदम तयार सभ्य नागरीकले प्रहरीलाई अपराध नियन्त्रणमा सघाउपुर्याउन सूचना दिएर सहयोग गर्नुपर्नेमा जोड दिए । “प्रहरी जनताको साथी हो” उलनेभने, ‘जनताको साथविना प्रहरी सफल हुदैन, दाङ जिल्लामा घटेका बहुचर्चित हेमराज धिताल हत्याकाण्डको रहस्यको पर्दाफास पनि छिट्टै हुन्छ ।’ जव सम्म ठेकेदारहरुले गुण्डा पाल्न छोड्दैनन तब सम्म ठेक्कापपट्टाको आडमा हुने गुण्डा गर्दी कम नहुने भन्दै प्रदेश प्रमुख पुडासैनिले दाङमा संगठित अपराधले टाउको समेत उठाउन नपाउनेमा जनतालाई आश्वास्त पारे । प्रदेश नं ५ भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको जिकिर गर्दे प्रहरीले तराई, पहाड र हिमालि क्षेत्रका लागि भिन्दा भिन्दै सुरक्षा रणनिती तयार गरी लागू गरको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto