आहा संबाददाता
हुकाम
लोक संस्कृति संरक्षण समाज नेपाल हुकामले संस्थालाई बिभिन्न सामाग्रीहरु प्रदान गरेर सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र सहित सम्मान गरेको हो । लोक संस्कृति संरक्षण समाज नेपाल हुकामका अध्यक्ष अशोक घर्तीमगरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा जेष्ठ गुरुवा गंगा बहादुर घर्तीमगर, बिरभान घर्तीमगर, पूथा उत्तरगंगा गापा वडा न. ५ का वडा अध्यक्ष काली बहादुर रोकामगर र प्रहरी इन्चार्ज अभिलेख चौधरी लगायत सरोकारवालाहरुको सहभागीता रहेको संस्थाका सहसचब आशिष घर्तीमगरले जानकारी दिए ।
संस्थालाई सहयोग गरेर सम्मानित हुनेहरुमा स्थानीय फल बहादुर कामी र सुबिन घर्तीमगर रहेका छन । कामीले ल्यापटप र घर्तीमगरले डिजिटल क्यामेरा प्रदान गरेका थिए । सामाजिक संस्थामा सबैले सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावनाका साथ सहयोग गरेको उनीहरुले बताए । उक्त सामाग्रीहरुले सदुपयोग र सामुहिक प्रयाग हुने उनीहरुको बिश्वास रहेको छ ।
