अशोक घर्तिमगर
हुकाम
माघे सक्रान्तिको अवसरमा जल्पा युवा क्लब हुकामद्वारा आयोजित सहिद भर घर्ती स्मृति रनिङ शिल्ड जारी रहेको छ । माघ २ गतेदेखि एक औपचारिक कार्यक्रमका बिच शिल्डको उद्घाटन भएको हो । क्लबका अध्यक्ष टिकासाई घर्तीमगरको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष काली प्रसाद रोकाको प्रमुख आतिथ्यता र शहिद भर घर्तिकी आमा खोजीलाख घर्तीमगरको विशेष अतिथ्यता रहेको थियो ।

कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल,परम्परागत रुपमा खेलिदै आएको धनुष वाण र नृत्य तथा दोहोरी सहित सांस्कृतिक कार्यक्रमहरु पनि रहेका छन । हाल सञ्चालन भैरहेको पुरुष भलिबल प्रतियोगिता पहिलो चरण सकिएर दोस्रो चरणको खेलमा प्रवेश रहेको छ । १८ समुहले प्रतियोगितामा भाग लिएकोमा ९ समुह पहिलो चरणमा बाहिरिएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto