धनकुमार शाही
रुकुम (पश्चिम) २, माघ ः जिल्लाको मुसीकोट नगरपालिकामा २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको छ । बिभिन्न संघ संस्थाको सहयोगमा मुसीकोट नगरपालिकाले दिवस मनाएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नारा सहितका प्लेकार्ड र ब्यानर सहित मुसिकोट खलंगाको कालिका स्थानबाट ¥याली सुरु भई बजार परिक्रमा पछि पुनः सोहि ठाउँमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कोणसभामा परिणत भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख देवीलाल गौतमले भुकम्प सुरक्षा सम्बन्धीको कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बंशीकुमार आर्चाय, नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा रुकुमका सभापति शिवराम खत्री, बिभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको हभागिता रहेको थियो । नगर प्रमुख देवीलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले गरेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...