मेगराज खड्का
रुकुम पश्चिम
आगामी फागुन २१ गते प्रतिनिधीसभा सदस्य निर्वाचनमा लागि मतदान हुदैछ । जेनजी आन्दोलनपछि संसद विघटन गरेर ५ वर्षको समय नसकिदै नयाँ सरकार मार्फत चुनावको घोषणा भएको थियो । जस अनुसार उम्मेदवारहरु उम्मेदवारी दर्ता गरे गाउँगाउँमा घरदैलो गरिरहेका छन ।

चुनावी माहोल तातिरहेको बेला आफ्ना पार्टी र उम्मेदवारहरुले जीत्ने भनेर सुबेच्छुकहरुले प्रचार र अटकलवाजीहरु पनि गरिरहेका छन । पछिल्ला दुई बर्षको जिल्ला चुनाव प्रयोजनमा भाग लिने पार्टी, उम्मेदवार, चुनाव चिन्ह र गठबन्धन हेर्दा निकै फरक फरक छ । जसका कारण यस पटकको निर्वाचनमा कुन दल र उम्मेदवारले जीत हाँसिल गर्छ भनेर सजिलै आँगकन गर्न कठिन छ । २०७४ सालको निर्वाचनमा रुकुम पश्चिमका प्रमुख पाँच वटा दलको समानुपातिक मत हेर्दा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी छ । जसको २७ हजार ६१ मत छ । त्यस्तै दोस्रोमा नेपाली काँग्रेसको १४ हजार ८८ र तेस्रोमा नेकपा एमालेको ७ हजार २ सय ४६ रहेको छ । त्यसैगरी चौथोमा नेकपा मालेको ४ सय ६१ र नयाँ शक्ति पार्टी नेपालको ३ सय १५ रहेको छ ।

त्यसैगरी २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादीको पार्टीको एकल चुनाव चिन्हको मत ३४ हजार ३ सय ४७, नेकपा एमालेको ८ हजार ७ सय ६९ र नेपाली काँगेसको ८ हजार ७ सय ६६ रहेको छ । त्यस्तै चौथो स्थानमा रास्वपाको १८ सय ६६ र पाँचौ स्थानमा एकिकृत समाजवादीको १५ सय १० मत रहेको छ । त्यसबेला माओवादी र नेसपाको समानुपातिकमा पनि गठबन्धन गरेर एकल चुनाव चिन्ह थियो । २०७९ को निर्वाचनमा नेपाली काँग्रेसको करिब आधा समानुपातिक मत घटेको देखिन्छ भने एमालेको बढेको देखिन्छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि रुकुम पश्चिममा पुराना दल विभाजन, चुनावी गठबन्धन देखि नयाँ दल निर्वाचनमा भाग समेत लिएका छन । जसका कारण पछिल्ला दुई निर्वाचनको जस्तै यसपटक पनि मत पार्टी र उम्मेदवारको धेरै तलमाथी हुने देखिन्छ ।

अघिल्लो पटक चुनावमा सहभागी भएको माओवादी केन्द्र पार्टी र हसिया हतौडा चुनाव चिन्ह अहिले चुनावमा सहभागी छैन । माओवादी र एकिकृत समाजवादी पार्टी मिलेर नेकपा बनेको छ । नेकपाको एकतामा सहभागी नभएका जनार्दन शर्माले प्रलोपा पार्टी गठन गरेर चुनावमा सहभागी भएका छन । जस अनुसार रुकुम पश्चिममा पुरानो माओवादीको मत नेकपा र प्रलोपामा बाँडिने छ । त्यस्तै अघिल्लो निर्वाचनमा माओवादी संग एकल चुनाव चिन्ह लिएर गएको नेसपा पनि प्रलोपामा मिलेको छ । रुकुम पश्चिममा पनि पुराना दलमा फुट र विभाजन देखि गठबन्धन र नयाँ दल दर्ता लगायतका कारण यसपटक पनि अघिल्लो पटक दलले पाएको समानुपातिक मत धेरै तलमाथी हुने संभावना देखिन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...