मेगराज खड्का
रुकुम पश्चिम

नेकपा एमाले र प्रगतिशिल लोकतोन्त्रिक पार्टी विच चुनावी सहकार्य गर्ने केन्द्रीय स्तरमा भएको सहमति रुकुम पश्चिममा कार्यान्वयन गर्नेगरी अनुमोदन भएको छ । मंगलबार नेकपा एमाले रुकुम पश्चिमको सचिवालय बैठकपछि पत्रकार सम्मेललनको आयोजना गरी चुनावी तालमेललाई अनुमोदन गर्ने निर्णय भएको जानकारी गराइएको हो भने आज नेकपा एमाले र प्रलोपा विच सयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर दुई पार्टी विचमा एकमतको सन्देश दिएका छन ।

पत्रकार सम्मेलनमा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले दुई पार्टीले केन्द्रीय स्तरमा गरेको सहमति जिल्लामा अक्षरशः पालना गर्ने निर्णय भएको बताए । ‘अब एमालेको समग्र टिम प्रत्यक्ष तर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई जिताउन लाग्ने र समानुपातिक तर्फ भने पार्टीका लागि भोट माग्न जनताकोमा जान्छौं’ उनले भने । त्यस्तै प्रलोपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार जनार्दन शर्माले दुई पार्टी विचमा भएको चुनावी गठबन्धनले आफु विजयमा पुगेको दावी गरे । आफु जिल्लाको साझा उम्मेदवार भएको कारण प्रलोपा, एमाले सहित जिल्ला स्थित सबै दलका सचेत मतदाताहरुले रुकुमको विकास र समृद्धको लागि आफुलाई भोट हाल्ने उनको भनाई छ ।

कति छ रुकुम पश्चिममा जनार्दनलाई दिने एमालेको मत ?
२०७९ सालको प्रतिनिधीसभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र, बाबुराम भट्टाई नेतृत्वको नेसपा र नेपाली काँगेस विच चुनावी गठबन्धन भएको थियो । जसबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत सहित विजयी भएका थिए । त्यस्तै एक्लै निर्वाचनमा होमिएका नेकपा एमाले रुकुम पश्चिमका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गरेर निकटतम प्रतिष्प्रधी भएका थिए ।

अब सहमति अनुसार एमाले रुकुम पश्चिमले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्मालाई जिताउन लाग्ने एमाले पार्टीबाट निर्णय भएको छ । उक्त मतले आगामी निर्वाचनमा जनार्दन शर्मालाई जीत हाँसिल गर्न इट्टा थपिएको छ । पार्टी विभाजनपछि जनार्दन शर्माले पुरानो पार्टीबाट कति ल्याउछन र अघिल्लो पटक नन्दराम देवकोटाले पाएको मत कति पाउछन त्यो भने हेर्न बाँकी छ । समानुपातिक मत हेर्दा अघिल्लो निर्वाचनमा ३४ हजार मत नेकपा माओवादी केन्द्रको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...