रुकुम पश्चिममा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी परेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

