मेगराज खड्का
नेपाली काँग्रेसले केन्द्रीय महाधिबेशन तोकेसंगै देशभर काँग्रेसको आन्तरिक चुनाव माहोल तातीन शुरु गरेको छ । यससंगै आगामी पुस २१ गते तोकिएको नेपाली कांस्रेस रुकुम पश्चिम जिल्ला अधिवेशनको चर्चा समेत शुरु हुन थालेको छ । जिल्ला अधिबेशनमा सभापतिका उम्मेदवारहरुले आआफ्नो स्तरबाट छलफल शुरु गरिसकेका छन । नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला अधिबेशनमा एक दर्जन बढी नेताहरु सभापतिको आकांक्षा राखेको भएपनि दोस्रो पुस्ताका युवा नेताहरुको बलियो दावी देखिन्छ ।
जेनजी आन्दोलनपछि देशका मुख्य दलहरुको नेतृत्वमा युवा आउनुपर्ने आवाज जवरजस्त स्थापित हुन थालेको छ । जस अनुसार रुकुम काँग्रेसको सभापतिमा पनि दोस्रो पुस्ताका युवा नेताहरुको बलियो दावी देखिन्छ । जसमा महेन्द्र केसी, खडक डाँगी, शिव आचार्य र यज्ञ विष्ट लगायतका दोस्रो पुस्ताको बलिलो दावी छ । लामो समय माओवादीको लालकिल्लाको रुपमा रहेको रुकुममा यसपटक प्रचण्ड र जनार्दन पक्षको फुटपछि आफ्नो बलियो आधार हुने विश्वास सहित युवा पंतीले नेतृत्व लिनुपर्ने र अन्यथा अवसर गुम्नसक्ने उनीहरुको आन्तरिक आकलन छ ।
सभापतिमा उम्मेदवारको आंकाक्षी मुसिकोट नगरपालिका मेयर समेत रहेका महेन्द्र केसीले आहा सञ्चारसंग कुरा गर्दै रुकुम काग्रेसलाई चलायमान बनाउन आफ्नो शसक्त उम्मेदवारी रहने बताए । त्यस्तै आहा सञ्चारले गरेको सम्पर्कमा अर्का आकांक्षी शिव आचार्यले जेनजी आन्दोलको सन्देशनै पुराना दलभित्र युवा र पार्टीलाई रुपान्तरण गर्नसक्ने नेता खोजेको कारण यसपटक आफु भए सर्बसम्मत र त्यो नभए चुनाव फेस गरेर भएपनि सभापतिमा प्रतिष्प्रधा गर्ने बताए ।
त्यसैगरी सभापतिकाको उम्मेदवारको रुपमा हेरिएका खडक डाँगीले आफु अघिल्लो पटक अन्य नेताहरुलाई सर्वसम्मत चयनमा सहयोग गरेका कारण यसपटक आफुलाई सहज रुपमै सभापति बन्ने सहयोग हुने बताए । त्यस्तै हाल नेपाली काँग्रेस रुकुम पश्चिमको सहसचिव समेत रहेका युवा नेता यज्ञ विष्टको पनि सभापतिमा बलियो दावी देखिन्छ । पछिल्लो समय पार्टीमा सक्रिय र युवा नेतृत्व समयको माग रहेको बताउदै रुकुमको काँग्रेसलाई समयअनकुल चलायमान बनाउन आफ्नो पनि सभापतिमा दावी रहेको युवापंतीमा छलफल चलाएका छन ।
दोस्रो पुस्ताका युवा नेता संगै हालको जिल्ला समितिमा रहेका पदाधिकारी तथा पूर्व पदाधिकारी धेरै नेताहरुको सभापतिमा दावी रहेको चर्चा छ । जसमा सभापति प्रेमप्रकास ओली दुई पटक सभापति भएर अब चुनाव लड्न नमिल्ने भएपनि त्यसपछिका अधिकांस पदाधिकारीहरु सभापतिकै लाईनमा छन ।
हालका उपसभापति सुरतजंग मल्ल र हर्कसिं खत्रीको पनि दुबैजना सभापतिको कडा टक्टर हुने अनुमान छ । त्यस्तै तिलक भण्डारी, धिरेन्द्र बटाला, जेके बाँठा, परमेश्वर भण्डारी र लोकेन्द्र केसी लगायतका नेताहरुहरुले पनि आआफ्नो तहमा सभापतिको उम्मेदवारको लागि छलफल चलाएका देखिन्छन ।

