प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक नेता जनार्दन शर्माले आगामी दिन आफु जनप्रतिनिधी नभएपनि रुकुमेली जनताको सेवा क्रियासिल रहने बताउनु भएको छ । आगामी दिनमा रुकुमका जनताले काम गर्ने जिम्मेवारी दिएमा जिम्मेवारी पुरा गर्ने र जनप्रतिनिधी नभएपनि रुकुमेली जनताको सेवामा लागिरहने शर्माको भनाई थियो । जिल्लामा हुने हरेक घटना तथा विपदमा संधै जनताकै साथमा रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
युवाको इच्छा चाहान अनुरुप नै नयाँ पार्टी निर्माण गरेको बताउनुभयो । सोही अनुरुपले नै पार्टी अगाडी बढ्को उहाँको भनाई थियो । रुकुम पश्चिममा सोमबार प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को बृहत युवा प्रशिक्षण कार्यक्रमको सम्बोधनका क्रमममा यस्तो बताउनु भएको हो । मुसिकोट १ खलंगामा रहेको खलंगा बहुमुखि क्याम्पसको प्राङगणमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्लाका छ वटै पालिकाबाट युवाहरुको बाक्लो उपस्थिती रहेको प्रलोपा रुकुम पश्चिमले जनाएको छ ।
युवा प्रशिक्षण कार्यक्रमलाई प्रलोपाका नेता तथा संरक्षक जनार्दन शर्मा, नेता राजकुमार शर्मा र पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसीले सम्वोधन गर्नुभएको थियो ।
भेलामा सहभागीता कस्तो थियो र सम्बोधनको क्रममा कुन कुन नेताले केके विषय भन्नुभयो विस्तृत बुझ्न तलको युट्युब भिडियामा क्लिक गर्नुहोस ।

