रुकुम–पश्चिम घर भइ काठमाडौस्थित क्यानभास बसन्त ऋतु स्कुलमा अध्ययनरत मोनिश्री चन्दले अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकी छिन् ।
खेलकुद अनि नृत्यमा अव्वल चन्दलाई यो वर्षको उत्कृष्ट तेक्वान्दो खेलाडी र उत्कृष्ट नृत्याङ्गना विधा २०२५ बाट सम्मानित गरिएको छ । काठमाडौमा आयोजित साउथ एशियन विजनेस पार्टनरसीप समिटका दौरान अन्य हस्तीहरूसङ्गै तेक्वान्दो खेलाडी र डान्स स्टार मोनिश्री पनि सम्मानित भएकी हुन् । सम्मान समारोहको आयोजना आभा फाउन्डेसन नेपालले गरेको थियो ।
मोनिश्रीले ८ वर्षको उमेरमा भारतमा सञ्चालित सातौ एसिया कप खुला अन्तराष्ट्रिय तेक्वान्दोमा प्रथम हुँदै देशका लागि गोल्ड मेडल जितेकाले र नृत्य विधामा पनि अव्वल रहेको हुनले उक्त अवार्ड पाएकी हुन् । उनीले खेलकुद र नृत्यका धेरै प्रतियोगितामा राष्ट्रिय अनि अन्तराष्ट्रिय पदक जितेर रुकुम जिल्लासङ्गै देशको शान, मान बढाउदै आएकी छिन् ।

