रुकुम पश्चिमको सल्ले एयरपोर्टमा आगामी शुक्रबारबाट तारा एयरको चार्टर फलाईट हुने भएको छ । यसअघि पनि जिल्लामा चार्टर फलाईट हुने गरेको भएपनि विचमा बन्द थियो ।

अब प्रत्येक हप्ताको शुक्रवार नेपालगन्ज देखि रुकुममा हवाई उडान हुन लागेको सञ्चालक लालविर बोहराले बताउनुभयो । उहाँका अनुसार रुकुमबाट नेपालगञ्ज भएर काठमाण्डौ जाने तथा काठमाण्डौबाट नेपालगञ्ज भएर रुकुम आउने यात्रुहरुको लागि पनि टिकटको ब्यवस्था गरिने छ । त्यस्तै गरिव परिवारका बिरामिलाई प्रत्येक फलाईटमा १ सिट निःशुल्क पनि हुने उहाँको भनाई छ ।

सल्ले एयरपोर्टमा नेपाल एयरलाइन्सले पनि नेपालगञ्ज तथा काठमाण्डौ रुटमा रहेर उडान गर्दै आएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...