त्रिभुवन विश्वविद्यालय तथा मातहतका क्याम्पसहरुले तोकिएको तालिकामा परिक्षा नबनाएर परिक्षा तालिका पुनः परिवर्तन गर्दा बेलाबेला परिक्षार्थीहरुले दुख पाउदै आएका छन । पछिल्लो पटक त्रिविले गरेको यस्तै परिक्षा तालिका परिवर्तनले देशका दुर्गम ठाउँहरुबाट काठमाण्डौमा परिक्षामा सहभागी हुने परिक्षार्थीहरुले दुख भोग्नु परेको छ भने आर्थिक रुपमा पनि घाटा बेहोुर्न परेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परिक्षा प्रणाली अन्तगत २०८२ सालमा सञ्चालन गरिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायतर्फ स्नाकोत्तर तह प्रथम वर्षको मौका परिक्षा तालिकामा परिक्षाको केहि दिन अघि मात्र परिवर्तन गर्दा परिक्षाका लागि काठमाण्डौ पुगेका परिक्षार्थीहरु समस्यामा परेका छन भने जान जहाज तथा बसको टिकट काटेका परिक्षार्थीहरुले पनि समस्या भोग्नु परेको परिक्षार्थी सरोज अत्रोयले गुणासो गर्नुभयो ।

‘मैले भोली रुकुमबाट काठमाण्डौ जाने भनेर जहाजको टिकट काटेको थिए, परिक्षा तालिका सरेपछि मैले टिकट रद्ध गर्नुपर्दा २५ प्रतिशत घाटा खानु पर्यो’ उहाँले भन्नुभयो, ‘एकजना गर्भवति महिला परिक्षाको लागि पोखाराबाट जहाजमा हिजो काठमाण्डौ पुग्नुभएछ, अन्तिम चरणमा परिक्षा तालिका सरेर एक महिना पछि गयो, एक महिना बस्ने हो भने धेरै खर्च लाग्ने भयो, पटक पटक आउजाउ गर्न गर्भवति महिलाई स्वास्थ्यको त्यतिकै समस्या हुनेभयो ।’
परिक्षाको अन्तिम समयमा यसरी परिक्षा तालिम परिवर्तन गर्दा टाढाटाढाबाट आउने परिक्षार्थीहरुलाई समस्या हुने भएका कारण त्यसको सूचना समयमै गर्नुपर्ने परिक्षार्थीहरुको भनाई छ ।

देशभरका विद्यार्थीहरुको लागि परिक्षा केन्द्र शहीद स्मारक कलेज कीर्तिपुर तोकिएको छ । साउन १ गतेदेखि विभिन्न विषयका परिक्षा हुने तालिका निकालिएको भएपछि परिक्षा हुने केहि दिन अघि मात्र साउन २६ गतेदेखि हुनेगरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ । यो परिक्षा मौका परिक्षाको रुपमा २०५६ सालमा भर्ना भई २०५७ सालमा प्रथम पटक प्रथम खण्डको परीक्षा दिई भर्ना प्रकृया पुरा गरेका तर समयसिमा नाघि हाल सम्म पनि उर्तिण हुन नसकेका परिक्षार्थीहरुको लागि त्रिवि प्राज्ञिक परिषदको निर्णयद्धारा परिक्षा तालिका प्रकाशित भएको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...