रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको विजयश्वरी बोर्डिङ स्कुलले नयाँ शैक्षिक सत्रमा भर्ना हुने नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी यो शैक्षिक सत्रको वैशाख २ गतेदेखि आजसम्म भर्ना हुने ३ सय ५५ जना विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
विद्यालयको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थीको भव्य स्वागत गरिएको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार टीका र मायाको चिनो प्रदान गरी नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको होे । विजयश्वरी जिल्लाको पहिलो संस्थागत विद्यालय हो । बोडिङले आफ्नै भवनबाट विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
adv.