खम्ब प्रसाद जैसी
अध्यक्ष
बुद्वभुमि मानव सेवा आश्रम
म बैकंरबाट समाज सेवामा किन लागे त । कुनै बेला म बैंकको कर्मचारी थिए । म बैंकमा काम गरिरहँदा मैले सधै सोच्थे मैले एउटा संयोजक भएर समाज परिवर्तन गर्नुपर्छ भनेर । अनि मैले त्यो बैंकको जागिर छोड्न पुगे र म परिवर्तन भएर अरुलाई परिवर्तन गर्नु पर्छ भनी समाजसेवामा लागे ।
मेरो लक्ष्य र मेरो बिचार
लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हो भनेर ठान्थे । लक्ष्य राखेर मात्र हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न पनि गर्नुपर्छ भन्ने ठान्थे । आफ्नो रुचि अनि वर्तमानमा रोजेको जीवनको आयमबाट लक्ष्य निर्धारण गर्नुपर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य समाजको सेवा हो । मैले समाजमा रहेका दीन दुःखी, गरिबप्रतिको सेवा गर्ने लक्ष्य बनाएको छु ।
परम्पराबाट विकसित बनेको आजको वैज्ञानिक समाजमा आफ्नो व्यक्तिगत काम बाहेक सामाजिक सहयोगमा नजुट्ने अवस्था छ । समाजभित्र रहेर हरेक पेसामा संलग्न व्यक्तिहरूको आवश्यकता रहन्छ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई समाज सेवामा लगाउने निर्णय गरेको छु ।
समाजभित्र रहेका समस्या र तिनको समाधानमा खेल्नु पर्ने भूमिका निर्वाह गर्न, समाजमा मेलमिलाप कायम गरी कार्य गर्न अनि व्यक्ति सामाजिक रहनसहनमा घुलमिल बनाउने इच्छा भएकाले मेरो जीवनलाई समाजसेवामा समपर्ण गर्ने इच्छा बनाएको छु । समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीरिक, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् ।
समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेसामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसैमा अगाडि बढ्ने लक्ष्य लिएको छु । आजको समय सङ्गठित भई सहकार्य गर्ने खालको देखिदैन । यसो हुनुमा मानिस– मानिस बीच हुने समन्वयको अभाव हो ।
व्यक्ति–व्यक्ति बीच सामान्यजस्यता कायम गर्न गराउँनका लागि समाजसेवकको आवश्यकता पर्दछ । समाजमा रहेका हरेक व्यक्ति अनि उनीहरूको पेसा प्रतिको सोचलाई सामाजिक कार्यमा सरिक गराउन सकेको खण्डमा समाज उन्नतशील र समृद्ध बन्दछ । यसको अभाव दिनप्रतिदिन बढ्दै गएको हुनाले समाजसेवाको आवश्यकता बढ्दै गएको छ । यही कारणले गर्दा म यसप्रति उत्साहित बनेको हुँ ।
समाजसेवा मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । आजकाल मानिसलाई आफ्नो जीवन कल्याणको मात्र चिन्ता छ ।
मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो । यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो ।
समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ । हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन् । हामी आफ्नो क्षमताको आधारमा धेरै तरिकामा मद्दत गर्न सकिन्छ । समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ ।
यसले गर्दा समाज र देशको विकास पनि हुन्छ । समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ । सम्भव भएसम्म, सेवाहरूलाई व्यक्तिगत वा पारिवारिक स्वतन्त्रतामा हुने खतराहरू रोक्नको लागि पनि निर्देशित गरिन्छ ।
सामाजिक सेवाहरूले सामान्यतया परिवारहरूलाई तिनीहरूको स्थानीय समुदायहरूमा सँगै राख्न, नातेदार सम्बन्ध कमजोर हुँदा साथीहरू वा छिमेकीहरूबाट सहयोग मिलाउनमा उच्च मूल्य राख्दछ ।
