मेगराज खड्का
रुकुम पश्चिम
नेपाल वायुसेवा निगमले अब सातामा दुई दिन उडान गर्ने भएको छ । यसअघि हप्तामा काठमाण्डौ र नेपालगञ्जबाट एक÷एक उडान गर्दै आएकोमा अब दुई उडान हुनेछन । आगामी विहिबारबाट थप उडान हुने नेपाल बायुसेवा निगम सल्लेका प्रमुख प्रेम ओलीले बताउनुभयो । उहाँका अनुसार अब आइतबार र बिहीबार–काठमाडौं–रुकुम–नेपालगन्ज र मंगलबार र शुक्रबार–नेपालगन्ज–रुकुम–काठमाडौ उडान हुनेछन ।
यसअघि एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुदै आएको थियो । यात्रुहरुको चापको आधारमा रुकुम पश्चिम सल्लेमा निगमले उडान थप गरेको हो । रुकुमबाट नेपालगञ्जको लागि ४ हजार ५ सय ३७ र काठमाण्डौको लागि १० हजार ८० भाडादार रहेको छ । निगमको केन्द्रिय, क्षेत्रीय र जिल्ला स्थित कार्यालयहरुबाट संगै अनलाईनबाट समेत टिकट लिने व्यवस्था यसअघि नै मिलाईसकिएको नेपाल वायुसेवा निगम रुकुम शाखा, रुकुम पश्चिमले बताएको छ ।
