बुद्वभुमि मानव सेवा आश्रम कर्मचारीहरुले रुकुम पश्चिममा रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा आश्रमका केन्द्रीय अध्यक्ष खम्ब प्रसाद जैसि, रुकुम जिल्ला स–सहयोजक भिमा खड्का र कर्मचारीहरु सुरेश के सि, लक्ष्मी पुन मगर, कुश्मा पुन मगर र हिरा खर्ति रहेका छन ।

रगतको अभावमा ज्यान गुमाउने विरामीहरुलाई ध्यानमा राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्वभुमि मानव सेवा आश्रमले सोमबार जिल्ला सदरमुकाम खलंगको बालमन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto