मेगराज खड्का
रुकुम पश्चिम

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाईएको अवैध अफिम खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । पछिल्लो पटक मात्र प्रहरीले २ सय ३३ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमेश विष्टले जानकारी दिए ।

उनका अनुसार अधिकांस आठविसकोट नगरपालिकाका विभिन्न ठाउँहरुमा लगार्ईएको अफिम फडानी गरिएको हो । त्यससंगै सानीभेरी र बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अफिम पनि फडानी गरिएको छ । प्रत्येक वर्ष खेती गरिएको अफिम फडानी गरेपनि खेती गर्ने ब्यक्ति तथा समुहलाई प्रहरीले पत्ता लगाउन सकेको छैन ।

हालसम्मको अफिम खेती नष्ट
1. आठबिसकोट नपा १= अं ४० रोपनी
2. आठबिसकोट नपा २= अं २३ रोपनी
3. आठबिसकोट नपा ३= अं ५० रोपनी
4. आठबिसकोट नपा ५= अं १८ रोपनी
5. आठबिसकोट नपा ७= अं २६ रोपनी
6. आठबिसकोट नपा १२= अं ६ रोपनी
7. सानीभेरी गापा ६= अं ३५ रोपनी
8. बाँफिकोट गापा ५= अं ३५ रोपनी
जम्मा= अन्दाजी २३३ रोपनी

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto