ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत ३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

चैत २ गते शनिबार, साँझ ५ बजेसम्ममा कम्पनीके शेयरमा १६ लाख १८ हजार ९७८ जनाले १ करोड ९६ लाख ४३० कित्ता शेयरका लागि आवेदन दिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto