मिनबहादुर ओली (होसियार)
आदरणीय न्यायप्रेमी दाजुभाई दिदिबहिनी, हाम्रो अभिभावक आमा बुवा तथा किसान मजदुर दिन दुखि आधारभूत वर्ग गरिबीको बाध्यताले विश्वको कुना कुनामा रहनुहुने युवा साथीहरु । देशमा संकट परेको बेला देश बदल्ने सामाथ्र्य राख्न सक्ने नौजवान विद्यार्थी भाई बहिनीहरु आज विश्वमा मानब जातीहरुका केहि टाठाबाठाहरले विभिन्न नाम अंकित पार्टीहरुका नाम उच्चारण गरी ठुलो विश्वव्यापी धमका मच्चाईरहेका ज्वलन्त उदाहरणहरु विश्वको कुना कुनामा प्रशस्तै देखिन्छन ।
यी पार्टीहरु नभै प्रबृत्ति मिल्नेहरुको साँचो अर्थमा समुहहरु हुन । यी र यस्तै समुहहरु जनताको हितका निम्ति नभै आफ्नो व्यत्तिगत स्वार्थको लागि र अलीअली नातेगोते आसेपासे आफन्तजनका लागि लडाकु मात्र हुन । देशको परिस्थिति र प्रबेशअनुसार यी दल भन्नेहरु कतिबेला लोकतन्त्रको नामबाट स्थापित हुन्छन भने कतिबेला राष्ट्रवादीको नामबाट स्थापित हुन्छन । त्यस्तै कतिबेला जातीय क्षेत्रीय भेगीय नामबाट, कतिबेला सांस्कृतिक नाराबाट, कतिबेला भ्रष्टाचारको नाराबाट स्थापित हुन्छन र सत्तामा पुग्छन अनी आफ्नो समुहको स्वार्थ पुरा गर्दछन । यहि आज विश्व राजनीतिक मामिलाको सार हो । यसको ज्वलन्त उदाहरणहरु भारत, अमेरिका, चीन, उत्तर कोरिया, खाडी मुलुकका जातीय देशहरु हुन ।
मानव जातीमा जबसम्म वर्ग रहन्छ तवसम्म यस्ता खेलहरु विश्वमा निरन्तर चलिरहन्छन । यो पुँजीवादी व्यवस्थाको अकाटिय नियम नै हो । यी र यस्ता खेलहरु ग्याम अफ हुनलाई वर्ग विहिन समाजको स्थापना अनी पुँजीपति वा पुँजीवादी व्यवस्थाको अन्त्य हुन आवश्यक छ ।
आज नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली राजनीतिक दलहरुले हामीले ठुलो परिवर्तन गरेका छौं, हुर्किराखेका छन । राज्य पुनःसंरचना गर्ने कुरा त हिजो राजाले पनि गरेकै थिए त्यसैलाई आधार मानी केहि थपघट र नाम परिवर्तन गर्ने कुरा त भएको छ । यो सरल पाटो हो । जटिल जनताहरुको समस्यातीर नेपालका विभिन्न नामधारी पार्टीहरु किन जान सकेनन् ? जनताको प्रश्न यता जस्ताको त्यस्तै छ । दिन दोगुणा रात चौगुणा तिब्र गतिमा विकराल बन्दै गईरहेको छ । यसमा दलहरुको खासै चासो देखिन्न । आज नेपाली जनता भोकमरी, गरिबी, गुणस्तरहिन शिक्षाबाट ग्रसित छन । महंगो स्वास्थ्य सेवा, बोकिनसक्नु, कर असुली, बढ्दो बेरोजगार, अस्वस्थकर विदेशी खाद्यान्न, स्वास्थ्यका लागि हानिकारक पिउने पानी जस्ता जनताका दैनिकीले जनताहरु ठुलो मारमा परेका छन । यतातीर राजनैतिक दलहरुको ध्यान जानु पर्दैन ? यसकारण यतिबेला जनताको जीवनस्तर उठाउने कुरानै मुख्य कुरा हो । जनताको जीवनस्तर उठाउने नीति तथा कार्यक्रम ल्याउनु पर्दैन ? यहाँनेर नेपालका राजनैतिक दलहरु चुकिरहका छन । भाषण र नाराले त दिन दुखिको चुलो बल्दैन होला ? यो नेपालको सन्दर्भमा गम्भिर प्रश्न पनि हो । यसकारण तपाई एमाले, काँग्रेस, माओवादी आदी इत्यादि दलहरुले कुन उत्पादनमा कुन व्यवसायमा श्रमसंग जोडिनुभयो र आज देशका विभिन्न शहरहरुमा महलहरु खडा गर्नुभयो ? ऐस आराममा चुलो विताउनु भयो । किन तपाईले ठुला ठुला कृषि फर्महरु खोल्नुभएको छ ?
या ठुला ठुला उद्योग धन्दाहरु चलाउनुभयो र यो प्रश्न जनताको हो होईन भने तपाईहरुले आर्थिक स्तर उठाउने र जीवनस्तर उठाउने सीपकला सिक्नुभएको रहेछ । त्यो सीप तपाईहरुलाई भोट हाल्ने जनताहरुलाई सिकाउनु पर्दैन ? हैन भने तपाई भोट माग्ने नेताहरु महलमा, तपाई भोट हाल्ने जनताहरु सडकमा कसरी ? किन तपाई सबै दलका नेताज्यूहरुले संविधान नियम कानुन नै यस्तै बनाउनु भएकोको त होईन ? खास यस्तै हो भने तपाईहरुले बनाएको जालजेली छलकपटी संविधान र नियम कानुन नांगा भोका दिन दुखि जनताहरुको महासागरले ३५ हजार बढी तपाई जनप्रतिनिधीहरुलाई फेरी धुलो चटाउनुपर्ने होर ?
हैन भने फर्किनुहोस जनताकै घरमा चुकिलो अमिलो महिसंग मकैका रोटीहरु खाँदै जनतासंग एकाकार भएर लाग्नुहोस, जनताहरुको जीवनस्तर उठाउने उपाय खोज्नुहोस यसैमा तपाई र देश जनताको भविश्य छ । के को लडाई हो विना अर्थको संघमा सदनमा प्रदेशमा सडकमा कुर्सिका लागि ? किन चुरीफुरी गर्दै हुनुहुन्छ । हुँदाहुँदा दल दलको लडाई छदैथियो आज आएर एउटै पार्टीभित्रपनि आपसमा लड्न लाग्नुभयो ? पटक पटक मन्त्री बनाएकै हुन । कार्यकर्ता जनताले पटक पटक मेयरसाप पटक पटक पालिका अध्यक्ष, समन्वय प्रमुख उपप्रमुख बनाएकै हुन । जनताले अझै पुगेन र ? तपाईलाई भोट ठोक्ने लाछाप लगाउनेहरु पैतिस चालिस बर्षसम्म एउटै पार्टीमा निरन्तर लागि परकै छन । हतार छैनन ती जनताका छोराछोरीहरु आफन्त गुमाएका छन, त्यसैमा गर्व गरिराखेकै छन । रफ्तारमा अगाडि बढि नै राखेका छन र फेरीपनि कसैलाई गुणसाो गर्दैनन् । पार्टीभित्र अन्यायको कुरा गर्नुहुन्छ भने तपाईलाई स्वचालित दुतहरु कुनै बेला चालिस बयालिस महिनासम्म विना हैसियत पनि खरोरुपमा पार्टीको निम्ति जनताको निम्ति लडिनै राखेका थिए । तिनीहरुको कुनै गुणासो थिएन । कुनै पार्टी र नेता ज्यूहरुले त्योबाट पनि पाठ सिक्नु पर्दैन ? यसकारण हामी नेपाली जनताको अभिभावक भन्ने कुरा एउटा युगको तपाईहरुले अवसरको रुपमा ग्रहन गर्न सक्नुहुन्छ । तपाईहरु चुरीफुरी गर्नुभयो भने जनताको त्याग तपस्या बलिदानीको सरापले न त गरि खान न त मरिजान सम्म मात्र होईन कुईराको कौवा जस्तै पत्तासाप बनाईदिन्छ, यो कुरा पनि हेक्का राख्न जरुरी छ । त्यसैले हामीभित्रका अलीअली मतभेदहरुलाई पचाउदै आपसी समझदारी समस्याको समाधान गर्दै अगाडि बढ्नुको अर्को विकल्प हामी सबैमा छैन । वर्ग समाजमा पार्टी कमिटिमा अन्याय पर्ने र पचाउने नै महानता हो ।
जुरो कारेर हिड्नुभन्दा जनताको सामु शिर निहुँरिएरै हिड्नु महानता हो भन्ने पूर्खाहरुको भनाई छ । कोहि नहुनेका पनि दैव ग्वाला हुन्छन भने झै सहनेको सय सिद्धि नै हुन्छ । यसकारण जति बललाई मिच्यो त्यति नै उफ्रिन पनि त हुदैन । काठको कोसी ठेगानामा बसी भन्ने उखानलाई पनि त स्मरण गर्नुपर्दछ । आजसम्म नेताज्यूहरुको जीवनमा जे जे भयो भयो अब जीवनको उत्तर्राद्धमा यो समाज यो दुनियामा राम्रो काम गरेर इतिहास छोड्ने काम गर्नु नै महानता हन्छ । आँउदो पिढीको लागि प्रेरणाको स्रोत बन्ने कुरा नै मुख्य कुरा हो । फेरी पनि लागौं जुटौं नेपाली समाजलाई एउटा आर्थिक समृद्धितिर लैजाने योजनाहरु बनाऔं, कसरी जनताका जीवनस्तर माथी उठान सकिन्छ ? छलफल बहस गरौं, निचोडमा पुगौं उत्पादनमा जोडियौं । सुखि नेपाली र समृद्ध नेपाल भन्ने नेपालीहरुको नारालाई माथी उठाऔं स्थायित्व गरौं यसैमा नेपाली जनता र हाम्रो भविश्य पनि छ । स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकारमा नीति निर्माणमा कमि हुन नदिऔं, जनताका दैनिक कामकाजहरुलाई सरल सुलभ तरिकाले जनताकै सेवा प्रवाह गरौं, जनताबाट उठेको कर, रेमिट्यान्सलाई राम्रो ढंगले मितव्ययिता पारदर्शीता ढंगले सदुपयोग गरौं राष्ट्रपनर्माणमा लागौं ।
गुणस्तरहीन आजको शिक्षा नीतिलाई कसरी व्यवहारिक र कामकाजी शिक्षामा परिणत गर्न सकिन्छ । केहि राम्रा भरपर्दा योजनाहरु छनौंट गरौं, नेपालमै केहि भुगोलविदहरु उत्पादन गरौं र खनिज पदार्थहरु पत्ता लगाउँ, उत्खनन् गरौं, नेपालमै त्यसको प्रशोधन गरौं र सामग्रीहरु निर्माण पनि नेपालमै निर्माण गरौ ।
त्यसपछि नेपाली युवाहरुको बेराजगार समस्या क्रमिक रुपमा समाधान हुँदै जाने कुरा निश्चित जस्तै देखिन्छ । यति गर्यौ भने जस्तै नेपालको सन्दर्भमा सल्लाघारी बनहरु प्रशस्तै छन, त्यसबाट खोटो निकालौं, प्रशोधन पनि नेपालमै गर्ने गरौं, त्यसबाट पनि केहि समस्या समाधान होला । नेपाल स्रोत साधनको देश पनि हो । थुप्रै अनगन्ती जडिबुटिहरु हाम्रो नेपालमा पाइन्छन त्यसको उत्पादन संरक्षण उपयोग प्रशोधन प्रयोग पनि नेपालमै गर्ने वातावरण गरौं कसो नहोला र आर्थिक समृद्धि आयातभन्दा निर्यातमै जोड गरौं । आज हामीसंग तीन तहका सरकार छन, यी सरकारलाई जनताहरुसंग जोडौं र जनताहरुको प्रत्यक्ष घर आँगनको स्थानीय तहको सरकारलाई मितव्ययिता पारदर्शी बनाउँ, दिगो विकास जनमुखि सुशासन मोहलाग्दो व्यवहार लोभलाग्दो काम गर्ने वातारण सिर्जना गरौं । स्थानीय सरकार मार्फत नै उत्पादन जोडिऔं । जनताले उत्पादन गरेका फलफुल, तलकारी, खाद्यान्न, जडिबुटि, दुघजन्य पदार्थ शुलभ भाउमा विक्रि वितरण गर्ने वातारण तयार गरौं । बाहिरबाट हुने आयातलाई सकेसम्म न्यूनिकरण गरौं । प्रत्यक्ष जनताले उत्पादन गरेको माल बस्तु निर्यातमा कतै पनि कमी हुन नदिऔं, ठाउँ अनुसारको कृषि उत्पादन माल अनुसारको मुल्य निर्धारण गरौं ।
कसो नहोला र समस्याको समाधान कृर्षकहरुलाई काम अनुसारको तालिम सीप अनुसारको काम र श्रम अनुसारको दाम पाउने वाताबरण तयार गरौं । स्थानीय सरकार मार्फत नियम कानुन तयार गरि बेवारिसे अवस्थामा दिनभरी घुमन्ते युवा टिमलाई संकलन गरि काममा जागरुक बनाउदै मैले काम गर्नै पर्छ भन्ने उत्प्रेरणा जगाउने र सोहिमा काम गर्न सक्ने इच्छाशक्ति जगाउने वातावरण गराउनुपर्छ । वास्तविक किसानलाई पहिचान गरि विउ विजन मल कृषि सामग्री उपलब्ध गराउनु पर्छ । संभव हुने टोल बस्तीहरुमा सिचाईको व्यवस्था मिलाउने र संभव नहुँने बस्तीमा लिफ्ट सिंचाई आयोजना तयार गरि ती बस्तीहरुमा पनि सिंचाईको व्यवस्था मिलाउनुपर्दछ ।
यति गरिसकेपछि कृषकहरुको हौसलाको लागि जसले बढी उत्पादन गर्दछ यसलाई प्रोत्साहन भत्ता र अनुदानको व्यवस्था गरियौं भने पक्कै पनि कृषकहरुको उत्पादन बढ्छ र आर्थिक समृद्धिको बाटो राज्यले अंगाल्दछ । सुखि नेपाली समृद्ध नेपालको नारालाई टेवा पुग्दछ । अनीमात्र गरिब किसानहरुको जीवनस्तर माथी उठाउन संभव छ । नेपालका दल र दलबाट निर्वाचित जनप्रतिनिधीहरुले गुरुयोजना बनाई सनकटमै यी र यस्तै कामहरुको शुरुवात गर्नेछन । किनकी हाम्रा छिमेकी राष्ट्र लक्षिण भारत र उत्तरतीर चीन समृद्ध हासिल गरेका राष्ट्रबाट नेपालका राजनेता र तिनका सरकारले त्यहाँको सीप नेपालमा ल्याउने कडाईका साथ लागू गर्नेमा पूर्ण विश्वास छ, संभव पनि छ । लेखक ओली नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य हुन ।
