जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका जाजरकोट र मानव विकास तथा सामुदायिक सेवा मेहर परियोजनाको संयुक्त आयोजना एवम समन्वयमा वडा नम्वर १२ को तल्लुवगरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६२ जना विभिन्न प्रकृतिका समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको मेहर परियोजनाका संयोजक कुमेर परियारले जानकारी दिनुभयो ।

शिविरमा सहभागी, महिला, वालवालिका, जेष्ठ नागरिक अपांगता भएका व्यक्तिहरुको नाक, कान, घाँटी, मौसमी ज्वरो, रुघाखोकी, एलर्जी, महिलाहरुको महिनावारी, अनियमितता, तल्लो पेटको दुखाई समस्या भएका विरामीहरुको स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिएको संयोजक परियारले वताउनुभयो । शिविरमा रगत तथा पिसावको परिक्षण, त्यस्तै गर्भवती एवम, अन्य पेट सम्वन्धि समस्या भएका ३ सय ८ जना महिलाहरुको भिडियो एक्सरे समेत गरिएको थियो । मेहर परियोजना तथा अस्पतालले आफनो कार्ययोजना र स्थानीयतहरु संगको समन्वय एवम सहकार्यमा बर्षेनी रुकुम, सल्यान, जाजरकोट लगाएत जिल्लाका विभिन्न दुर्गमगाउँ एवम वस्तिहरुमा निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दैआईरहेको चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।

शिविरमा विरामीहरुको स्वास्थ्य परिक्षण पछि जटिल प्रकृतिका समस्या भएका विरामीहरुलाई अस्पताल तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा थप उपचारको लागि रेफर समेत गर्दै आईरहेको वताईएको छ । निशुल्क स्वास्थ्य शिविरमा चौरजहारी अस्पतालमा कार्यरत डाक्टर रुवेन शाहुको नेतृत्वमा डाक्टर अक्सा गिरी सहित १४ जनाको टोली खटेको छ । साथ,ै आज सोही पालिकाको वडा नम्वर ३ को कैनामा पनि निशुल्क स्वास्थ्य शिविर संचालन भैरहेको आयोजकले वताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto