बुद्धभुमि मानव सेवा आश्रमको रुकुम पश्चिममा शाखा कार्यालय स्थापना गरेको छ । आईतबार मुसिकोट नगरपालिका– १ सल्लेमा संचालनमा रहनेगरी शाखा कार्यालय स्थापना गरेको छ । नगरपालिका प्रमुख महेन्द्र केसीले आश्रमको उद्धघाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाले शाखा सञ्चालनले सडकमा बेबारिसे रहेकाहरुलाई व्यवस्थापनमा सहज हुने बताए । आश्रमको लागि आगामी बर्षहरुमा वजेट व्यवस्था गर्न पहल गर्ने पनि उनको भनाई थियो ।

आश्रममा अहिले एक जना महिला र दुइ पुरुष गरेर तिन जना रहेको मानव सेवा आश्रमका अध्यक्ष खम्वुप्रशाद जैसीले बताए । उनका अनुसार आश्रममा बेबारिसे रुपमा रहेकाहरुलाई निशुल्क रुपमा राखिने गरिएको छ । परिवारहरु सम्पर्कमा आएमा मानव सेवा आश्रमबाटनै परिवारको जिम्मामा लगाइने पनि अध्यक्ष जैसीले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto