आज नेप्से ५१ अंक बढीले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५१.३७ अंक घटेर २६३०.९१ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ । यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ ।
फेसबुक प्रतिक्रियाहरु
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)