बेलायत राजदुताबास काठमाण्डौको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा संचालित सामुदायिक पूर्वाधार उत्थानशिलता तथा खाद्य सुरक्षा अभिबृद्धि परियोजना अन्तर्गत गतिविधीहरुको उद्घाटन गरिएको छ । आठबिसकोट नगरपालिका वडा नं ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नतिको वडा नं ११ का कामदार, सप्रोस नेपालका कर्मचारी, विश्व खाद्य कार्यक्रमका प्रतिनिधी, स्थानीय बिपद आपत्कालिन संचलान केन्द्रका प्रमुख, वडा अध्यक्ष र नगरपालिकाका प्रमुखको उपस्थितीमा उद्घाटन गरिएको हो ।

कार्यक्रममा विश्व खाद्य कार्यक्रमका मुकेशकुमार शर्माले कामको लागि नगद अन्तर्गत १८ देखि ५९ बर्ष उमेर भएका विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीहरुले काम गर्न मिल्ने साथै मादक पदार्थ सेवन गरेर काममा आउन नमिल्ने साथै कामको लागि छनौट भएका लाभग्राहीले प्राविधिकको सल्लाह अनरुप ४० दिन बराबरको काम गर्नु पर्ने बताए । साथै लाभग्राहीले दुई किस्तामा जम्मा ३६ हजार स्वयम लाभग्राहीको खाता मा प्राप्त हुने जानकारी प्रदान गरे ।

कार्यक्रममा आठबिस्कोट –११ का वडा अध्यक्ष प्रेम बहादुर पुनले सम्पुर्ण कामदार लाई तोकिएको काम तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नु भयो । साथै वहाँले वडा बासी सबै लाई समेट्न नसकिएको र परियोजनाको निर्देशिका अनुरुप कामको लागि नगद अन्तर्गत ४ सय ८ घरधुरी, तालिमको लागि नगद अन्तर्गत ४० घरधुरी र निसर्त नगद सहायता अन्तर्गत ८८ घरधुरी छ्नौट भएका जानकारी गराए ।

कार्यक्रमका प्रमुख अथिती अर्थात आठबिसकोट नगरपालिकाका नगर प्रमुख रबि के.सी. ले कार्यक्रम लाई सम्बोधन गर्दै यो कार्यक्रम ले भुकम्प बाट अति प्रभावित आठबिसकोट नगर पालिकाको वडा नं ११, १२,१३,१४ का गरिब व्यक्तीलाई लक्षित गरी केही महिनाको खाध्य सुरक्षा होस भन्ने हेतुले संचालन भएको साथै स्तरउन्नतीको लागि छनौट भएका ग्रामिण सडकले यहाँका व्यक्तीको जीवनस्तर उकास्न मद्दत गर्ने बताए । यी सडक स्तरउन्नतीका लागी नगरपालिका र विश्व खाद्य कार्यक्रमको संयुक्त लगानी रहेको र वडा नं ११ को यो सडक करिब २.५ किलोमीटरमा लगानी हुने रकमले बार्है महिना सवारी साधन चल्न सक्ने विश्वास व्यक्त गरे ।

साथै खाध्य सुरक्षा अभिबृदी परियोजनाले सबै प्रकारका घरधुरीलाई समेटेको अर्थात काम गरी खाने लाई कामको लागी नगद, तालिम को लागि नगद र काम गर्न नसक्ने घरधुरी को लागी निसर्त नगद सहयोग गरिरहेको बताए । नगर प्रमुख केसीले कार्यक्रममा सहयोग गर्ने बेलायत राज्दुताबास काठ्माण्डौ, विश्व खाद्य कार्यक्रम र कार्यक्रम संचालन गर्ने सप्रोस नेपाललाई आभार तथा धन्यवाद ब्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds