रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बुधबार भारतमा बलात्कारपछि हत्या गरिएकी डाक्टर मौमिता देवनाथको सम्झनामा दीप प्रज्वलन गरिएको छ । ९ अगस्तमा भारतको कोलकात्तामा रहेको आर.जि कर हस्पिटलमा कार्यरत डा. मौमिता देवनाथको हस्पिटल भित्र कार्यरत अवस्थामै बलात्कार पछि क्रुर हत्या भएको थियो ।

जसको सम्झना तथा उनको न्यायको लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रुकुमेली क्याम्पस र नेपाल विद्यार्थी संघ मुसिकोट कार्यसमिति रुकुम पश्चिमको आयोजनामा दीप प्रज्वलन गरहेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रुकुमेली क्याम्पस रुकुम पश्चिमका सभापति अनिशेष केसीका अनुसार बलात्कारपछि हत्या गरिएकी भारतकी डाक्टर मौमिता देवनाथका साथै नेपालका विभिन्न ठाउँमा बाढी पहिरो तथा अन्य बिपत्तीबाट ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली काग्रेस रुकुम पश्चिमका सहसचिब यज्ञ बिष्ट, मुसिकोट नगर समिति सचिब सुर्य अधिकारी लगायत नेपाल विद्यार्थीसंघमा आवद्ध विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto