केहि दिनको निरन्तर वृद्धिपछि मंगलबार नेप्से परिसूचकमा करेक्सन आएको छ । पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २८० अंक बढेको छ । सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन भएको हो । मंगलबार नेप्से परिसूचक ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto