संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति भएको छ । जनयुद्धको समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा तीन दलका बिचमा सहमति भएको हो ।

आज (विहिबार) सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो । कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यदलका बिचमा आज सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने बताएका छन ।

शर्माले सहमति हुन नसकेका सबै विसयहरु टुंगोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएको बताउदै यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकि कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन ।
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला थिए । प्रमुख तीन राजनीतिक दलहरूका बिचमा विवादित विषयमा सहमति भएसँगै यो विधेयक अब अघि बढ्ने छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto