कटेरा मिडिया हाउस प्रा.लिद्वारा संचालित झिल्को खबर डटकमले दोस्रो स्थापना दिवस मनाएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रममा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र राजधानी स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले प्रविधिको विकाससँगै पत्रकारिताले पनि फड्को मार्दै गइरहेको बताए । डिजिटल माध्यमको पत्रकारीताले नयाँ आयम लिइरहेका बेला झिल्को खबरले सत्य, तथ्य समाचारहरु पस्किन सुझाव शाहीले दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले खबर जनताको आवाज बन्नुपर्ने सुझाव दिए । यस्तै कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष आदारणीय देविराम देवकोटा, सुर्खेत जिल्ला शाखा अध्यक्ष ललित बसेल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल, एसओएस हर्मन माइनर स्कुलका प्रधानाध्यापक हरिहर बस्नेत लगायतको सहभागीता रहेको थियो ।
झिल्को खबरका अध्यक्ष विवश कुमार सेजुवालले अझै पनि पत्रकारिता क्षेत्रमा केही सिक्न र केही गर्ने सपनासहित झिल्को खबर अगाडि बढीरहेको बताए ।
फेसबुक प्रतिक्रियाहरु