आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । रुकुमेली सामुदायिक अस्पताल प्रालिको प्राबिधक सहयोगमा मंगलबार एक दिने जेष्ठ नागरिकका लागि स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । । स्थानीय ९६ बर्षिय जमुना पुनको स्वास्थ्य परिक्षण गरेर शिबिरको औपचारिक उद्घाटन गरिएको थियो । अस्पताल मार्फत नगरपालिकाकै सहयोगमा वडा नम्बर ७ झुल्खेतमा पनि शिबिरको आयोजना गरिएको थियो । सोलाबाङको शिबिर मार्फत महिला १ सय २० र पुरुष ७५ गरि १ सय ९५ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गरेका छन । त्यस्तै झुल्खेतमा आयोजना गरिएको शिबिरमा महिला पुरुष गरि १ सय २९ जनाले स्वास्थ्य चेकजाँच तथा उपचार गरेका थिए । घरआँगनमै निःशुल्क शिबिरको आयोजना गरेर सेवा दिएको जेष्ठ नागरिकहरुले नगरपालिका र अस्पताललाई धन्यबाद ब्यक्त गरेका छन ।
नगरपालिका जनताको स्वास्थ्य तथा बिशेषगरी जेष्ठ नागरिक प्रति सहयोग गर्न स्वास्थ्य शिबिरको आयोजना गरिएको र आगामी बर्षहरुमा प्रत्येक वडाहरुमा लैजाने मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले बताए । रुकुमेली सामुदायिक अस्पताल प्रालिका प्रबन्धक हरिबोल भारतीले आफ्नो संस्था मार्फत रुकुम पश्चिममा मात्र नभएर रुकुम पूर्व र सल्यानका स्थानीय तहहरुमा पनि सेवा दिएको बताए । स्थानीय सरकारहरुले सहकार्य गरेमा आगामी बर्षहरुमा पनि निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने उनको भनाई छ । मुसिकोट नगरपालिका ४, सोलाबाङमा आयोजना गरिएको उद्घाटन कार्यक्रमको अध्यक्षता मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक कमला केसीले गरेकी थिईन । शिबिरमा डाक्टरहरु राजेन्द्र पुनारा र राजकुमार भुजेल लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto