रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीलाई बिशेष अदालतले सफाई दिएको छ । करार सेवाको म्याद थप गर्ने विषयमा एक कर्मचारीसंग १ लाख रुपैयाँ घुस लिएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा मंगलबार सफाइ दिएको हो । बिशेष अदालतकाका न्यायधीस बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको सयुक्त इजलासले नगर प्रमुख बादीलाई सफाई दिएको हो । भ्रष्टाचार मुद्धा दर्ता भएपछि निलम्बनमा रहेका बादी सफाइसंगै जिम्मेवारीमा फर्किएका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...