हस्तबहादुर केसी
” इतिहासको अलिकति पनि ज्ञान भएको जो कसैलाई पनि थाहा हुनुपर्छ कि महान् सामाजिक परिवर्तनहरु महिला विद्रोही बीना असंभव हुन्छ ।”   – कार्ल मार्क्स
” महिलाहरुको व्यापक सहभागीता बीना समाजवादको स्थापना असंभव छ ।”   – भ्लादीमिर इल्यिच लेनिन
” महान् समाजवादी समाजको निर्माणको लागि महिलाहको ठूलो समुहलाई उत्पादन कार्यमा सम्मिलित गराउन , जागृत तुल्याउने कार्य सबैभन्दा महत्त्वपूर्ण छ । उत्पादनमा पुरुष र महिलाहरु दुबैथरिले समान कार्यको निम्ति समान ज्याला पाउँनै पर्छ र सम्पूर्ण समाजको समाजवादी रुपान्तरणको बाटोमा मात्र महिला र पुरुष बीच साँचो समानता प्राप्त गर्न सकिन्छ ।”
                                                  – माओ त्सेतुङ
           नेपाल लगायत संसारभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ । हरेक वर्षको ८ मार्चका दिन मनाइने यो दिवसको इतिहासले ११५ वर्ष पुरा भएर ११६ वर्षमा प्रवेश गर्दै छ ।  त्यसैले नेपाल लगायत   संसारभरका श्रमजीवी महिलाहरुले आफ्नो प्यारो आन्दोलन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ मनाउन गइरहेका छन् ।
           विश्व जनसंख्याको आधा आकाश ओगट्दै आएका महिलाहरुको सहभागीताबिना , विद्रोहबिना र सक्रियताबिना मानव समाज परिवर्तन ,  रुपान्तरण र विकास संभव भएको इतिहास छैन । त्यसै भएर नै विश्व सर्वहारा वर्गका महान् नेता , गुरु , मार्क्सवादका प्रतिपादक एवं द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक कार्ल मार्क्स , अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गको पहिलो  अधिनायकत्व  निर्माणकर्ता अर्थात् विश्व मै पहिलोपटक पुँजीपति वर्गको राज्यसत्ता खोसेर सर्वहारा वर्गको राज्य सत्ता निर्माणकर्ता तथा लेनिनवादका प्रवर्तक  भी. आई. लेनिन र विश्व सर्वहारा वर्गका अर्का महान् नेता , महान् चिनिया नयाँ जनवादी क्रान्तिका नायक एवं माओवादका प्रवर्तक माओ त्सेतुङले माथि नै भन्नुभएको छ कि महिला विद्रोहबिना, महिलाहरुको व्यापक सहभागीताबिना र महान् समाजवादी समाजको निर्माणकको लागि महिलाहरुको ठूलो समुहलाई उत्पादन कार्यमा सम्मिलित नगराइकन , जागृत नतुल्याइकन  समाजको समाजवादी रुपान्तरणको बाटोमा सम्मिलित गराएर मात्र विजय हासिल प्राप्त गर्न संभव हुने कुरा बताउनु भएको छ ।
             यसरी वैज्ञानिक समाजवाद एवं वर्गबिहिन , राज्यबिहिन मानवले मानवमाथि गरिने शोषण , उत्पीडनबिनाको समानतामूलक नौलो वैज्ञानिक साम्यवादी समाज निर्माणका लागि आधा संसारको ऐतिहासिक कार्यभार बहन गरिरहेका अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको अन्तर्राष्ट्रिय आन्दोलन वीरताको गौरव गाथाले भरिपूर्ण छ ।
            यस ऐतिहासिक अवसरमा महान् अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको अन्तर्राष्ट्रिय आन्दोलनको इतिहासका बारेमा र ऐतिहासिक कार्यधारका विषयमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।
       अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको एक महत्त्वपूर्ण अंग हो  जो कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा मार्क्सवादको प्रतिपादन भएको ठिक ६३ वर्ष पछि , मार्क्सको निधन भएको ठिक २८ वर्ष पछि र एंगेल्सको निधन भएको ठिक १६ वर्ष पछि जतिबेला दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय सञ्चालन भइरहेको बेला ८ मार्च १९११ का दिन महिलाहरुले पुरुषसरह समान अवसर , समान श्रम , समान ज्याला ( पारिश्रमिक ) पाउने र पुरुषसरह समान अधिकार पाउने अधिकार प्राप्त गरेका थिए  । त्यही ऐतिहासिक दिन ८ मार्चमालाई अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले आफ्नो मुक्ति  दिवसको रुपमा मनाउँदै आएका छन् । र , आज अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले ११६ आौं अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले आफ्नो मुक्ति  दिवसका  धुमधामका साथ मनाउन गइरहेका छन् ।
      सर्वप्रथम सन १७५७ मा अमेरिकाको न्युयोर्कमा रहेका कपडा कारखानामा काम गरिरहेकाले श्रमिक महिलाहरुले आफूहरुलाई पनि पुरुषसरह समान अवसर , श्रम , समान ज्याला ( पारिश्रमिक ) , समान अधिकार  पाउनुपर्ने माग राखि इतिहासमै पहिलोपटक हडतालमा उत्रिएका थिए । त्यो हडताल विश्व कै पहिलोपटक  सशस्त्र तथा संगठित  महिला विद्रोह थियो । त्यस ऐतिहासिक हडतालमा ठूलो संख्यामा महिलाहरु भेला भएका थिए ।
       अठारौं शताब्दीतिर युरोपमा आौध्योगिक क्रान्ति भयो । इन्जिनको आविस्कार र विकाससंगै यातायातको क्षेत्रमा ठूलो प्रगति भयो । त्यही क्रममा राजनीतिक रुपमा सर्वप्रथम  बेलायतबाट पुँजीवादको विकाससंगै संसदीय व्यवस्थाको थालनी भयो
      सन १७८९ सम्पन्न फ्रान्सेली राज्यक्रान्तिले विश्व राजनीतिक इतिहासमा पहिलोपटक सामन्तवादको अन्त्य गरेर पुँजीवादी व्यवस्थाको स्थापना भयो । लुई सोह्रौको सामन्ती राजतन्त्रातमक व्यवस्थाको अन्त्य गरेर विश्वमै पहिलोपटक पुँजीवादी राज्य व्यवस्थाको स्थापना गर्यो। त्यसपछि संसारमै सामन्ती व्यवस्थाको अन्त्य गरेर पुँजीवादी व्यवस्थाको निर्माण गर्ने लहर नै चल्यो ।
    त्यसपछि पुँजीपति वर्गले एकातिर पुँजीवादी व्यवस्थालाई सुदृढ तुल्याउँदै लियो भने अर्कोतिर ठूला ठूला वैज्ञानिक आविस्कारहरु गर्न थाल्यो  युरोपमा नै सर्वप्रथम प्रकृति जगतमा अकल्पनीय रुपमा वैज्ञानिक खोज – अनुसन्धान हुन थाल्यो । त्यस प्रक्रियाले ठूलो संख्यामा वैज्ञानिक , आविस्कारकहरुको जन्म र विकास भयो । त्यसको परिणामस्वरूप प्रकृति विज्ञानका क्षेत्रमा ठूलो उथलपुथल ल्यायो । नयाँ नयाँ आौजार र साधन – श्रोतहरुको खोज र आविस्कार भयो , जसले पुँजीवादलाई विकसित तुल्याउन सजिलो भयो
          त्यसै सिलसिलामा पुँजीवादकै गर्भबाट मजदुर ( सर्वहारा ) वर्गको जन्म भयो । पुँजीपति वर्गले आफ्ना उद्योग- धन्दा , कलकारखाना , बन्दव्यापार चलाउन र धन आर्जन गर्नका लागि ठूलो संख्यामा मजदुरहरुको आवश्यकता पर्दै गयो ।  पुँजीपति वर्गले   ठूलो संख्यामा मजदुरहरुलाई काममा लगाउन थाल्यो ।
     त्यसै सिलसिलामा एकातिर पुँजीपति वर्गले मजदुरहरुमाथि ठूलो शोषण गर्न थाल्यो भने अर्कोतिर अकुत सम्पत्ति थुपार्न थाल्यो । उसले मजदुरहरुलाई न्युन ज्याला तथा पारिश्रमिक दिने , उनीहरूको छोराछोरीहरुको शिक्षा ,स्वास्थ्य , आौषधिपोचार  र पालन पोषण प्रति ध्यान नदिए पछि मजदुरहरुलाई दैनिक जीवन चलाउन पनि मुस्किल पर्दै गयो ।
     त्यसले मजदुरहरुमाथि व्यापक असन्तुष्टि पैदा गरायो र पुँजीपति वर्गीयप्रतिको विरोध र आक्रोश बढ्दै गयो । त्यही सिलसिलामा बेलायत, फ्रान्स , जर्मनी , अमेरिकाआदि देशहरुका कपडा मिलका मजदुरहरुले ठूला ठूला आन्दोलनहरु गरेका थिए ।
        बेलायतका   मजदुरहरुले त डुलाइट आन्दोलन ( मेसिन  तोडफोड ) शुरु गरे। तयी सिलसिला बेलायतमा दशौं वर्षसम्म चार्टिष्ट आन्दोलन चल्यो । तर बेलायतमा मजदुरहरुले सञ्चालन गरेका ती मजदुर आन्दोलनहरुमाथि बेलायती सरकारले ठूलो दमन गर्यो मजदुरहरुमाथि । ठूलो संख्यामा मजदुरहरुको हत्या गरेर मजदुर आन्दोलनलाई दबाइयो ।
       मजदुरहरु पुँजीपति वर्गका विरुद्ध र पुँजीवादी सत्ताका विरुद्ध क्रुद्ध थिए , तर उनीहरूशीत मजदुर संघर्षको पथप्रदर्शन गर्ने कुनै क्रान्तिकारी र वैज्ञानिक विचार नै थिएन । मजदुर आन्दोलनको नेतृत्व गर्ने कुनै वैज्ञानिक र क्रान्तिकारी संगठन पनि थिएन , जसका कारण  मजदुरहरु संगठित भएर आन्दोलनमा उत्रने तहमा थिएनन् । त्यही भएर उनीहरूको आन्दोलन बिचमै तुहिन्थ्यो ।
    तर ती अभावहरुको पूर्ति गर्ने गरि कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा लण्डनबाट विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गरियो जुन सर्वहारा श्रमजीवी वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्त सहितको मार्क्सवादको  प्रतिपादन गरियो । मार्क्सवाद र विश्वलाई बुझ्ने र त्यसलाई बदल्ने हतियार सहितको मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आविस्कार भए पश्चात् त्यसले विश्व राजनीतिमा हलचल पैदा गरिदियो र सर्वहारा श्रमजीवी वर्गले आफ्नो सिध्दान्त प्राप्त गर्यो । र , अब मजदुर आन्दोलन संगठित रुपमा अगाडि बढ्ने भयो ।
        अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको एक हिस्सा भएकोले उक्त अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनलाई संगठित भएर अगाडि बढ्ने  दिशामा अगाडि कढ्यो ।   किनभने पन्ध्रौं सोह्रौ शताब्दीमा पश्चिमी युरोपमा पुँजीवादी उत्पादन कार्य तीव्र रुपमा अगाडि बढ्यो  । खास गरि अठारौं शताब्दीमा पुग्दा बेलायतको आौध्योगिक क्रान्तिकाको सफलतासंगै उद्योगधन्दा  र पुँजीको विकासमा तीव्रता आएको थियो ।
   यसले पुँजीपतिहरुको स्थितिलाई बनाउनुका साथै सामन्तवादी सत्तालाई खोसेर पुँजी
पतिहरुको हातमा सुम्पिने स्थिति बनेको थियो । कलकारखानाको विकासका कारण श्रमिकहरुको माग बढ्दै जाँदा महिला पनि घरबाहिरको उत्पादनमा भाग लिन थाले । महिलाहरुलाई दिने तलव ( पारिश्रमिक ) र कामको समय अनिश्चित थियो । कम पारिश्रमिक र लामो कार्यघण्टा , महिलाजन्य आवश्यकता ( जस्तो महिनावारी , बिरामी र सुत्केरी अवस्थामा ) व्यवास्ता लगायतका व्यवहारले महिलाहरुमा असन्तुष्टि बढ्दै जान थाल्यो
     यसप्रकारको परिवेशमा विभिन्न व्यक्तिहरुले महिला विरुद्ध हुने शोषण , दमन र अमानवीय व्यवहारका विरुद्ध आवाज उठाउन थाले । सन १७७९ मा सबैभन्दा पहिला बेलायती महिला मेरी वोल्स्टोनले महिला अधिकारका बारेमा आवाज उठाउँदै पुरुषप्रधान शासन व्यवस्थाको विरोध गर्दै राज्य संयन्त्रमा समान अधिकारको माग गरेकी थिइन । उनको त्यस कदमको पक्ष विपक्षमा बहस शुरु भएको थियो । उनी अभियानमा निरन्तर रुपमा लागि रहेकि थिइन । पछि उनलेे समाजवाद र महिला ( सोसियलिजम एन्ड विमेन ) नामको निकै गहन पुस्तक प्रकाशित गरेकि थिइन ।  यसको १० वर्ष पछि १७८९ अक्टोबरमापेरिसका गरीब र श्रमजीवी महिला चरम महंगीको विरोधमा जुलुस र धर्नामा पुगेका थिए श्रमजीवी विकास भएको चेतना १८३२ मा आइपुग्दा नेदरल्याण्डको कपडा कारखानामा काम गर्ने श्रमजीवी महिला दासप्रथाविरोधी समाजको गठन गरि असमान व्यवहार र तलवको विरुद्ध आवाज उठाउन थालेका थिए ।
   शोषण विरुद्ध सिंगो युरोप भरिनै आौध्योगिक श्रमिक क्रान्तिको आँधी चलाउँदै थिए । विश्व सर्वहारा वर्गको वकालत गर्दै ” संसारभरका मजदुरहरु एक होआौं ” नारा दिँदै १८४८ मा  सर्वहारा वर्गका महान् नेता , गुरु , मार्क्सवादका प्रवर्तक एवं द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका आविस्कारक  कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) ” कम्युनिस्ट घोषणापत्र ”  प्रतिपादन गरेका  थिए । त्यस युगान्तकारी कदमले सम्पूर्ण श्रमजीवी जनतालाई आफ्नो मुक्तिका लागि संगठित रुपमा अगाडि बढ्न प्रेरित गरेको थियो ।
      मार्क्स – एंगेल्सद्वरा मार्क्सवादको प्रतिपादन र मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको आण्वेसनले दार्शनिक फाँटका क्रान्तिका नै ल्याइदिएको थियोे । यस् विषयमा मार्क्स स्वयंले भनेका छन् , ” कुन यस्तो विरोधी पार्टी छ , जसलाई सत्ताधारीहरुले कम्युनिस्ट भनी बदनाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ ,जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरुलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरुलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ? “
                  – मार्क्स – एंगेल्स ,  कम्युनिस्ट घोषणापत्र , अनुवादक – कृष्णदास श्रेष्ठ , प्रगति पुस्तक सदन बागबजार , काठमाडौं , २०६४ , साउन
       सन।१८४८ जुलाईमा अमेरिकनमहिला बीच ” धार्मिक अधिकार र सामाजिक खराबी ” विषयमा सेनेकाफल्समा कार्यक्रम आयोजना गरिएको थियो । त्यस कार्यक्रमले महिला अधिकार सम्बन्धि घोषणापत्र मार्फत तीन बुँदे माग – महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य र समान अधिकार , शिक्षा र रोजगारीमा समान अधिकारको उदघोष गरेको थियो ।
   त्यस घोषणाले अमेरिकी महिला बीच सनसनी फैलाउन पुगेको थियोे ।
   सन १८५० – १८६० दशकमा पुँजीवादको तीव्र विकास क्रममा भएको स्वचालित यन्त्रको विकासले कतिपय शारीरिक कामलाई विस्थापित गर्दै थियो । अर्कोतर्फ लामो र अनिस्चित कार्यघण्टा , मालिकको मनलागि व्यवहार र शोषणका कारण श्रमिकहरुको जीवन प्रति घृणा , रोष , असन्तुष्टि चिड्चिडाहट थपिदै गएको थियो ।
     परिणामस्वरूप सन १८५७ , ८ मार्चका दिन अमेरिकाको सुती कपडा उद्योगमा काम गर्ने श्रमिक महिला कामको घण्टा कम गराउने माग सहित आन्दोलनमा उत्रिएका थिए ।श्रमिकहरुको एकता र सहकार्यले राष्ट्रिय सिमा नाघ्न थाल्यो । श्रमिकहरु अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विकासको क्रममा थिए र सन १८६४ मा पहिलोपटक ”  अन्तर्राष्ट्रिय श्रमिक संगठन ” गठन गरेका थिए । १८६६ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट गठित संघ महिलाबिहिन हुँदै आौपचारिक रुपमा भएको विरोध र असन्तुष्टि पछि बेलायतको ” “हरियता ल ” लाई थप गरि यसको पहिलो महिला सदस्य बनाइएको थियो ।
   सन १८६५ मा बेलायतका महिलाहरुले मेन्चेस्टरमा “महिला मताधिकार समिति ” गठन गरि महिला मताधिकारको विषयमा तयार गरिएको विधेयक १८६७ मा जोन स्टुवार्ट मिलमर्फत बृटिश संसदमा पेस गरिएको थियो । महिला मताधिकार अधिकारको विषयले संसदमा आौपचारिक प्रवेश पाएको त्यो पहिलो घटना थियो ।
     महिला मुक्तिलाई श्रमजीवी वर्गको आन्दोलनसंग जोडेर आमूल परिवर्तनको अभियानको नेतृत्व गर्दै क्वलारा जेट्किन लगायत महिलाह निरन्तर क्रियाशील थिए । सन १८६८ मा कार्ल मार्क्सले महिला अधिकारको प्रश्नलाई सशक्त ढंगले उठाउँदै रोजगारीमा महिलाले अवसर पाउनुका साथै शिशु स्याहारसुसार लगायतको व्यवस्था गरिनुपर्ने मागमा जोड दिएका थिए । साथै मार्क्सले श्रमिक महिलाहरुलाई विश्व श्रमिक आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए ।
       सन १८७१ को महान् पेरिस कम्युन ( १८ मार्च – २८ मे ) को असफलता पछि पुँजीवादी शासकले श्रमिक आन्दोलनलाई भीषण रुपमा दबाउन थालेको थियोे ।त्यस प्रकारको जटिल अवस्थालाई चिर्न र श्रमिक वर्गको मुक्तिको लागि सामाजिक जनवादी श्रमिक पार्टीको गठन भएको थियो महिला श्रमिकहरुमा त्यसमा संगठित हुन थालेका  थिए । यसरी श्रमिक महिलाहरु राजनीतिक दलहरुमा संगठित हुन पुगेका थिए ।
     सन १८८९ मा पेरिसमा श्रमिकहरुको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भएको थियोे । त्यहाँ समान कामको समान पारिश्रमिक हुने कुरा उठेको थियो ।महिला अधिकारका बारेमा  व्यवस्थित , स्पष्ट र सशक्त रुपमा समानताको कुरा उठेको त्यो नै पहिलो घटना थियो । सन १८९० बाट महिला मताधिकारमा काम गर्दै आएका संगठनहरु एकजुट हुन थालेका थिए ।
      अमेरिकाका विभिन्न महिला संगठनहरु मिलेर अमेरिकी राष्ट्रिय महिला मताधिकार संघ गठन गरेका थिए । त्यसले अमेरिकामा महिला मताधिकार सम्बन्धि आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन थालेको थियो । त्यसको प्रभाव अन्य देशहरूमा पनि पर्न थाल्यो   ब्रिटिस संसदमा महिला मताधिकारको बारेमा कुरा उठेको २५ वर्ष पछि  सन १८९३ मा महिलाहरुले मताधिकार पाउने विश्व कै पहिलो देशको रुपमा न्युजिल्यान्डका महिलाहरुले मताधिकार प्राप्त गरेका थिए । त्यस ऐतिहासिक घटनाले विश्वभरका महिलाहरुमा आशाको किरण फैलाउने कोसेढुङ्गाको काम गरेको थियो
   सन १८९२ बाट क्वलारा जेट्किनको सम्पादनमा जर्मनीको श्रमिक महिला आन्दोलनको मुखपत्र ” समानता ” पाक्षपकको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नै महिला बीच सचेतनता अभियानको लागि प्रेरित गर्न थाल्यो ।
     सन १८९७ मार्च ८ का दिन उचित पारिश्रमिक र निश्चित कार्यघण्टाको माग गर्दै अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरु आन्दोलनमा उत्रिएका थिए । त्यो क्रममा अगाडि बढ्दै जादा क्वलारा जेट्किनको नेतृत्वमा सन १८९७ मार्च ८ मा जर्मनीको स्टुटवार्डमा समाजवादी महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गरि ” श्रमिक महिला संघ” को स्थापना भएको थियोे
    सन १९०८ मार्च  ८ मा न्युयोर्कमा श्रमिक महिला मताधिकार पाउनुपर्छ भनी पुनः संघर्षमा उत्रिएका थिए । सन १९०९ मार्च ८ कै दिन अमेरिकाको सिकागो शहरका महिलाहरु समान अधिकारको माग सहित व्यापक हडताल गर्दै जुलुस प्रदर्शनीमा उत्रिएका थिए । त्यसले श्रमिकहरुको शक्तिलाई थप सुदृढ बनाउने काम गरेको थियो
   सन १९१० मा १७ देशका श्रमिक र राजनीतिक महिलाहरु प्रतिनिधिका साथै फिनल्यान्डमा पहिलोपटक निर्वाचित भएका तीन जना महिला सांसद सहित झण्डै १०० जना समाजवादी महिलाहरुको बीचमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो ।त्यही सम्मेलनमा समानताका पक्षपातीबीच ऐक्यबद्धता दिवसको रुपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन क्वलारा जेट्किनद्वारा राखिएको प्रस्ताव एक मतले पारित भएको थियो । सन १९११ बाट यस दिनलाई विश्वभर समानताको आन्दोलनको क्रममा मनाउन थालिएको हो ।
     श्रमिक महिला अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनले  ११५ पुरा गरेर  आज ११६ वर्षमा प्रवेश गरिसकेको छ । यस गौरवपूरण  श्रमजीवी महिलाहरुको अन्तर्राष्ट्रिय आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउदासम्म विश्वभर हजारौं महिला वीर वीरंगानाहरुले जीवन उत्सर्ग गर्दै आएका छन् । जेनी , मार्क्स , क्वलारा जेट्किन , रोजा लक्जमवर्ग ,कोन्ताई , याङकाई हुई ,नादेज्जा क्रुस्काया आदि अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृहरुले गौरवपूर्ण जीवन वलिदान गरेका छन् ।
   यसका अतिरिक्त महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको सिलसिलामा , उत्तर कोरिया र भियतनामी नयाँ जनवादी तथा समाजवादी क्रान्तिका सिलसिलामा र सन १९५० – ५३ को कोरियान युध्दका क्रममा अमेरिकी साम्राज्यवादी आक्रमणबाट समेत हजारौं क्रान्तिकारी महिलाहरुले गौरवपूर्ण जीवन अर्पण गरेका छन् ।
    साथै महान् रुसी अक्टोबर समाजवादी क्रान्ति , कम्डियाली क्रान्ति , क्युवाली क्रान्तिमा समेत क्रान्तिकारी महिलाहरुहरु अतुलनीय योगदान गर्दै आएका छन् ।
  यश अतिरिक्त पेरुभियाली नयाँ क्रान्तिको अभियानमा , महान् नेपाली जनयुद्धको प्रक्रियामा समेत हजारौं क्रान्तिकारी महिलाहरुले गौरवपूरण सहादत प्राप्त गरिसकेका छन् र अहिलेसम्म पनि चालु भारतीय नयाँ क्रान्तिको प्रक्रियामा हजारौं भारतीय क्रान्तिकारीले महिलाहरुले जीवन उत्सर्ग गरिसकेका छन् र यो क्रम जारी छ ।
   त्यस्तै आजसम्म पाकिस्तान , बंगलादेश ,फिलिपिन्स  , अफगानिस्तान , टर्की , भेनेजुयला फ्रान्स , जर्मनी , नेदरल्यान्ड , ब्राजिल  लगायतका क्रान्तिकारी महिलाहरु पुरुषहसित काँधमा काँध जोडेर अतुलनीय बलिदान र सहयोग गरिरहेका छन् ।
     यति भएर पनि अहिलेसम्म पनि महिलाहरु एकातिर वर्गीय रुपमा र अर्कोतिर प्रितृसतातमक अर्थात् पुरुषबाट हुने विभेद शोषण , उत्पीडनबाट मुक्त भएका छैनन्
     आजको साम्राज्यवाद र सर्वहारा वर्गबीच भीषण वर्गसंघर्षको युग हो । यस अवस्थामा पुँजीवादी क्रान्ति नभएका देशहरूमा नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वर्गबिहिन , राज्य बिहिन समानतामूलक मान्छेले मान्छेमाथि गरिने सबैखाले शोषण , उत्पीडन र विभेदहरुको अन्त्य गरेर र।अर्कोतिर पुँजीवादी क्रान्ति वा साम्राज्यवादवादमा पतन भइसकेका मुलुकहरुमा वैज्ञानिक समाजवादी क्रान्ति  सम्पन्न गरेर मात्रै वैज्ञानिक समाजवादमा पुगे पछि मात्रै महिलाहरुले पनि वास्तविक मुक्ति प्राप्त गर्नेछन्  । त्यसैले महिला वीर वीरंगानाहरुका मुक्तिका सपनाहरु अधुरै छन् ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक , लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...