प्रगतिशिल लोकतान्त्रिक पार्टी रुकुम पश्चिम प्रतिनिधीसभा सदस्य उम्मेदवार जनार्दन शर्माले आगामी फागुन २१ गते हुने निर्वाचन आफ्नो ब्यक्तिगत जीतहारको विषय नभएर रुकुम पश्चिमको विकासलाई जीताउने की हराउने मुख्य सवाल रहेको बताएका छन ।
आज एक चुनावी भिडियो अपील सार्वजनिक गर्दै शर्माले हालसम्म रुकुमेली जनताले दिएको जीम्मेवारीले रुकुमेलीको कामदार बनेर धेरै विकास गर्न सकिएको बताउदै अपुरा रहेको केहि विकास निर्माणका काम र रुकुमको गरिवी अन्त्य गरेर सामाजिक न्याय र समृद्धिको यात्रामा लिने सपना पुरा गर्न यसपटक पनि अवसर मत मार्फत जनातले दिने विश्वास समेत ब्यक्त गरेका छन । आफु आफ्नो पार्टीको मात्र नभएर रुकुमका सबै दल र जनताको साझा राजनीतिक अभिभावक र साझा उम्मेदवार भएको उल्लेख गर्दै आगामी दिनमा अझ सबै पक्षलाई समेटेर लिने उल्लेख गरेका छन ।
रुकुमको विकासको जिम्मा संगै रुकुमका आवाजहरु संसदमा जोडदार उठाएर संकटमा परेको राष्ट्रियतालाई जोगाउन आफ्नो यसपटक उम्मेदवारी परेको पनि स्पष्ट पारेका छन । शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा एमाले र उज्यालो नेपाल पार्टीका साझा उम्मेदवार हुन ।
शर्माको चुनावी अपिल तलको युट्युब भिडियोमा सुन्नुहोस ।

