मुसिकोट साना किसान कृषि सहकारी संस्था मुसिकोट रुकुम पश्चिमको अध्यक्षमा पुनः धनमाया केसी चयन भएकी छिन । सदरमुकाम खलंगामा आज भएको संस्थाको पाँचौं साधारणसभाबाट ४ बर्षको केसी अध्यक्षमा पुनः सर्बसम्मत चयन भएकी हुन ।

त्यस्तै संस्थाको उपाध्यक्षमा विमला बुढाथोकी गौतम र सचिब गंगा रावल चयन भएकी छिन । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रदेश सहकारी संघका सदस्य नरबहादुर खड्का, जिल्ला सहकारी संघका अध्यक्ष शेरबहादुर मल्ल, मुसिकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष ज्ञानु चन्द, २ नम्बर वडा अध्यक्ष दिनेश खड्का र ५ नम्बर वडा अध्यक्ष समिरजंग मल्ल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार महेश केसीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto