नेपाल राष्ट्रिय शिक्षक संगठन रूकुम पश्चिमको अध्यक्षमा यमराज ओली चयन भएका छन । १३ औंै अधिवेशनबाट ओलिको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । समितिको उपाध्यक्ष(खुला) मा जनार्दन शर्मा, उपाध्यक्ष (महिला) भगवती शर्मा, सचिव टिकाराम बिष्ट, सहसचिव मोतिका के सी, कोषाध्यक्ष डण्डप्रसाद शर्मा र सहकोषाध्यक्षमा पवित्रा रोकाय निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा शंकर बिक,रूद्र बहादुर ओलि, शेखर दहाल, दिनेश खड्का, केशर बहादुर खर्ती, मरिचमान बिष्ट, भिम बहादुर बुढा निर्वाचित गरिएको छ । केहि रित्त पदमा पहिलो बैठकबाट मनोनित गरिने छ ।
प्रदेश प्रतिनिधिमा गोपाल केसी, जगत ओली, प्रमोदकुमार ओलि, इन्द्र बहादुर खत्री, मरिचमान बिष्ट ,आराधाना शर्मा, कमला रिजाल शर्मा निर्वाचित भएका छन । त्यसै गरि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोक बहादुर खत्री र शारदा डागी निर्वाचित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश इन्चार्जको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले रूकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, सचिव शशिराम नेपाली, पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य टंक प्रसाद ओलि विशेष आतिथ्यता रहेको थियो ।
कक्षा कोठाभित्र काबिल रुपमा अध्यापन गराउने शिक्षक संगठनका नेताहरुका विद्यालय अनुकरणीय हुन पर्ने सुझाव प्रमुख अतिथि केसीको थियो । पेशागत हकहितका विषय उठाउने फोरम संगठन भएपनि राजनीतिक रुपमा विचारले लेस भएको शिक्षक मात्र सहि गन्तव्यमा हुने धाराणा उनको थियो । सचिव टोपबहादुर हमालले सञ्चलान गरेको उक्त कार्यक्रमको अध्यक्षता गणेश बहादुर केसीले गरेका थिए । अधिवेशनमा सांगठनिक प्रतिवेदन सचिव टोप बहादुर हमाल र आर्थिक प्रतिवेदन केशर बहादुर खत्रीले प्रस्तुत गरेका थिए । उक्त अधिबेशनबाट ऐतिहासिक शिक्षक आन्दोलनमा सहभागी भै शिक्षकको पेशागत आन्दोनमा महत्वपुर्ण भुमिका खेल्ने शिक्षकहरूलाई सम्मान समते गरिएको नव निर्वाचित सचिव टिकाराम बिष्टले जानकारी दिए ।