रेडियो नेपालले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ स्थित जन्तीवस्ने लेकमा स्थापित एफएम रिले स्टेशनबाट परीक्षण प्रसारण सुरु गरेको छ । रेडियो नेपालको प्रसारण एफ एम ब्यान्डमा विस्तार गर्ने उद्देश्यले जन्तीवस्ने लेकमा ५०० वाट क्षमताको ट्रान्समिटर जडान गरी परीक्षण प्रसारण सुरु गरिएको हो ।
नेपाल टेलिकमको टावर तथा अन्य भौतिक संरचना प्रयोग गरी सो एफ एम रिले प्रसारण आरम्भ गरिएको रेडियो नेपालबाट जडानका लागि खटिनुभएका जडान टोलीका संयोजक वरिष्ठ प्राविधिक अधिकृत गिरिराज निरौलाले बताए । एफ एम ब्यान्डको ९८ मेगाहर्जमा रुकुम पश्चिममा सुरु गरिएको प्रसारणबाट रेडियो नेपालको प्रसारण रुकुम पश्चिमका प्रायः सबै भूभाग सहित रुकुम पूर्व, डोल्पा, जाजरकोट, सुर्खेत सल्यान, रोल्पा र बागलुङको केही भूभागहरूमा समेत एफ एममा सहज रुपमा सुन्न सकिने भएको छ । यससँगै रेडियो नेपालका एफ एम रिले स्टेशनको सङ्ख्या ३१ पुगेको छ ।

देशका सबै भूभागमा रेडियो नेपालको प्रसारण पहुँच पु¥याउने लक्ष्यका साथ चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य क्षेत्रहरूमा पनि एफ एम प्रसारण पु¥याउने गरी काम भइरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto