प्रेस सेन्टर नेपालले देशका ७७ वटै जिल्ला समन्वय समितिको इन्चार्ज तोकेको छ । संगठनको केहि साताअघि काठमाण्डौमा बसेको पदाधिकारी बैठकले जिल्ला इन्चार्जको टुंगो लगाएको थियो ।

बुधबार संगठनका अध्यक्ष विष्णु सापकोटा जुगल र महासचिब सन्तोष पौडेलले जारी गरेको सर्कुलरमा देशका ७७ जिल्लाका साथै प्रतिष्ठान शाखा र विदेशमा समेत इन्चार्जको जिम्मेवारी तोकिएको छ । प्रदेश समन्वय केन्द्रको सिफरिस तथा परामर्शमा जिल्ला इन्चार्जको पदाधिकारी तथा सिनियर केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिईएको हो ।

संगठनका नेता तथा संगठनलाई थप क्रियासिल बनाउन आफ्नो भौगोलिक तथा गैरभौगोलिक क्षेत्रमा जिम्मेवारी तोकिएर खटाईएको प्रेस सेन्टर नेपालका महासचिब सन्तोष पौडेलले जानकारी दिए । केहि जिल्लामा तोक्न बाँकी रहेपनि तत्काल ती जिल्लामा कार्यालयले इन्चार्जसिप गर्ने र छिटै प्रदेश समन्वय केन्द्र र जिल्लाको छलफल पश्चात इन्चार्जको जिम्मेवारी तोकिने छ ।

हेर्नुहोस कुन जिल्ला, प्रतिष्ठान तथा प्रवासमा कुन इन्चार्ज ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto