विरस थापा
रुकुम पूर्व
नेपाल विद्युत प्राधिकरण रुकुम पूर्वलाई उद्योग बाणिज्य संघ रुकुम पूर्वले ध्यानाकर्षण पत्र बुझाएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमको टोलिले बिहिवार ध्यानाकर्षण पत्र पेस गरेको हो । जिल्लामा विद्युतको अनियमितता दिनानुदिन बढिरहेको र जसका कारण विद्युतबाट हुने कामकाज तथा जनजीवन प्रभावित बनेको भन्दै वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र पेस गरिएको हो ।
रुकुम पुर्व जिल्ला भित्र नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवा विस्तार गरेपनि सेवा गुणस्तरतर्फ प्रयाप्त ध्यान नदिएको कारणले जिल्लावासीले सास्ती बेहोर्दै आएकाको पत्रमा उल्लेख गरिएको छ । जसका कारण उपभोक्ताले आफ्नो घर, व्यवसाय, कार्यालयमा बिद्युतको तार र चिम झुन्ड्याउन बाहेक प्रभावकारी सेवा उपभोग गर्न आएका छैनन । उद्योग बाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले नेपाल विद्युत प्राधिकरणमा विद्युतको समस्या यस्तै रहिरहने हो भने कार्यालयमा ताला लाग्नसक्ने बताए ।
उता नेपाल विद्युत प्राधिकरण रुकुम पुर्व वितरण केन्द्र प्रमुख सुरेस चौधरीले केहिदिन यता विद्युतमा समस्या भएको र रुकुम पुर्वको सवस्टेसन रुवाबाङ्ग नबन्नुन्जेल समस्या आईरहने बताए । उनका अनुसार रुकुम पूर्वमा विद्युत नियमित गर्न कार्यालयले पहल गरिरहेको तर प्रदेश तथा स्थानीय सरकारहरुले पनि रुकुम पश्चिमबाट आउने ३३ केभिएको लाईन मर्मतमा पहल गर्नुपर्ने उनको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु