बालाराम शेर्पाली
रुकुम पूर्व
रुकुम पूर्व भुमे गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माणधिन अवस्थामा रहेको छ । गाउँपालिकाले आफ्ना वडा कार्यालयहरु निर्माण गर्ने लक्ष्य अनुसार भवन बनाउने योजना अगाडि बढाएको हो ।
२ बर्षमा पूरा गर्ने गरी भूमे गाउँपालिका वड़ा नम्बर १ को भवन निर्माणको निर्माण कम्पनी संग सम्झौता भएको गाउँपालिकाका सूचना प्रविधि प्रमुख जनक वलीले जानकारी दिए । भूमे गाउँपालिका वडा नं. १ लुकममा २ वर्ष भित्रमा पूरा गर्ने गरी वड़ा कार्यालय भवन निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । वडा अध्यक्ष मनकाजी पुनमगरका अनुसार वडा कार्यालय भवनका लागि २ करोड ३० लाख रुपैयाँमा विनियोजन गरिएको छ ।
हाल जिल्लाका ८ वटा वड़ा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन् । वडा नम्बर ९ को कार्यालय भने चुनबाड स्थित आफ्नै प्रशासनिक भवनबाट संचालन भइरहेको छ । वड़ा कार्यालयको आफ्नै प्रशासनिक भवन नहुँदा सरकारी खर्चमा बर्षेणी भाडा खर्च गर्नुपरेको छ भने सेवा प्रवाहमा समेत असहजता भैरहेको छ ।