विद्युत लाइन विस्तारमा ढिलाई

Byआहा सञ्चार

२०८० भाद्र १९, मंगलवार १७:२१

बालाराम शेर्पाली
रुकुम पूर्व

रुकुम पूर्वको भूमे गाउँपालिका ८ का विभिन्न गाउँमा विद्युत लाईन विस्तारमा ढिलाई भएको छ । २ बष अघि नै विद्युत पहुँच पुर्याउने योजना भएपनि हालसम्म पनि त्यस क्षेत्रमा विद्युत बल्न नसकेको हो ।

अहिलेसम्म पनि गाउँमा बिद्युत नपुगेपछि स्थानीयहरु निराश भएका छन । त्यस क्षेत्रका स्थानीय अहिले पनि दियालो बालेर उज्जालो गरिरहेका छन । केहि गाउँले सोलार जडान गरेपनि बर्षाको समयमा घाम नलाग्दा प्रभावकारी हुन सकेको छैन । वडा नम्बर ८ को नाम्पु, पोखरापाता, ताम्दै, भलाबोतको टोल बस्तीहरुमा अहिले प्रमुख समस्या नै विद्युत रहेको छ । सूचना प्रविधिको जमानामा अन्य क्षेत्रहरुमा इन्टरनेटहरुको विस्तार भएपनि आफ्नो क्षेत्रमा विकासको आधारभूत पूर्वाधार विद्युत समेत पुग्न नसक्दा स्थानीयहरुको गुणासोको बिषय बनेको छ । विद्युत नहुँदा स्थानीयले रेडियो टिभि हेर्न सुन्नका साथै विद्यार्थीहरुलाई पठनपाठनमा समेत समस्या भैरहेको छ ।

उता नेपाल विद्युत प्राधिकरण रुकुम पूर्वले भने गाउँमा विद्युत पुर्याउन काम जारी रहेको बताएको छ । कार्यालयका सूचना अधिकारी तेज प्रकाश पुनले कामलाई अगाडी बढाई रहेको र दोमही देखि ११ केभिको विद्युत लाईन विस्तारको काम भैरहेको छ । बर्षात कारण स्थानीय सडकहरु अवरुद्ध हुँदा विद्युतका सामग्रीहरु ढुवानीमा समस्या हुँदा केहि ढिलाई भएपनि दशै सम्म विद्युत बाल्न प्रयास जारी रहेको कार्यालयले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds