रुकुम पश्चिममा ३ हजार ४ सय ७८ वटा सवारीसाधन कारवाहीमा परेका छन । चालु आर्थिक वर्षको साउन देखि जेठ सम्ममा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी सधान कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख एक्कबहादुर रोकायले बताए ।
उनका अनुसार कारवाही पर्ने सवारीसाधनमा ट्रक ३ सय १४, बस ३ सय ३२ र जीपकार, ४ सय ६ वटा रहेका छन । त्यस्तै मोटरसाइकल १ हजार ८ सय ६५, ट्याक्टर ४ सय ६४ र टेम्पो ९५ रहेका छन । जसबाट ३० लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाभर ६८ वटा सडक दुर्घटना भएका छन । जसमा १२ जनाको मृत्यु र ९५ जना घाईते भएका छन ।
ट्राफिक नियम उलंघनको मासिक अवस्था तथा राजश्वको विस्तृत विवरण टेवलमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु