जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला स्थित केहि सरकारी कर्मचारी कार्यालयहरुलाई सेवाग्राहीको गुणसो सम्बोधन गर्न परिपत्र गरेको । मुख्य गरी जिल्ला स्थित तीन सरकारी कार्यालयहरुले सेवा प्रवाहमा प्रभावकारी काम नगरेको भन्दै जिल्ला स्थित १ सय ८० जना सेवाग्राहीहरुले जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
जसमा रुकुम पश्चिम सदरमुकाम खलंगामा व्यापार व्यवसाय गर्ने मोहविर खड्का, कस्तुप नेपाली, जवारलाल पुन र सत्य नारायण श्रेष्ठ सहितका सेवाग्राहीहरु रहेका छन । उनीहरुले नेपाल टेलिकमले जिल्ला सदरमुकाम खलंगामा समेत अप्टिकल फाइबर इन्टरनेट वितरण नगरेको, नेपाल बायुसेवा निगमले जहाजको अनलाइन टिकट काट्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने, जिल्ला स्थित सरकारी सबै कार्यालयहरुले कारोबार बैकिङ सिस्टमबाट नगरेको र नेपाल विद्युत प्राधिकरणले विद्युत पोल गाड्ने काम नियम अनुसार नगरेको गुनासो रहेको छ ।

त्यस्तै मुसिकोट नगरपालिका १ खलंगामा सडक मर्मत गर्दा सार्वजनिक बाटो विगारेर हालसम्म पनि मर्मत नगरेको जस्ता विषयहरु हरेका छन । यस बिषयमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रबेश बढुवालले पत्र लेख्दै सम्वन्धित कार्यालयहरुलाई निर्देशन गरेका हुन । सेवाग्राहीको तर्फ निबेदन दिने सत्य नारायण श्रेष्ठले जनताले सरकारी कार्यालयबाट पाउनुपर्ने सेवा सुविधा प्रभावकारी गराउन प्रशासनमा निबेदन दिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds