रुकुम पश्चिममा बेथितिका विरुद्ध सवाल अभियानको घोषणा गरिएको छ । विहिबार रुकुम पश्चिम सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त अभियानको घोषणा गरिएको हो ।

जिल्लाका विभिन्न विषय र क्षेत्रमा हुने भ्रष्टाचार र बेथितिका विरुद्ध आवाज उठाउनका लागि अभियानको घोषणा गरिएको अभियानका संयोजक डिल्लीराज शर्माले जानकारी दिए । उनका अनुसार बेथितिका विरुद्ध सवाल, सुशासनका लागि सवाल घोषणा अभियानले कानूनी वा जनताको प्रतिकार मार्फत अभियानको यात्रा थाल्ने छ । ‘यो अभियान जिल्लाको भ्रष्टाचार र बेथिति विरुद्धको अभियान भएको हुँदा त्यस्ता कार्यहरुको सूचना दिन म सबै जनताहरुलाई आग्रह गर्दछु’ उनले भने, ‘यो अभियान मार्फत पछि विस्तारै गाउँगाउँबाट सुशासन सेना निर्माण हुन्छ, गाउँगाउँका समेत युवाहरु त्यस अभियानमा आउन समेत आग्रह गर्दछु ।’ ब्यक्ति विभिन्न राजनीतिक आस्था वा विचारमा भएपनि आम नागरिकका हैसियतले सुशासनका पक्षमा एकजुट भएर उठ्नुपर्ने उनको भनाई छ ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अर्को अभियान अभियान्ता शिव रसाईलीले यस अभियान गाउ, टोल, वडा र पालिका पालिकामा भैरहेका भ्रष्टाचारका गतिविधीहरुको प्रर्दाफास गरेर आम नागरिक समक्ष प्रस्तुत गर्ने बताए । उनका अनुसार यस अभियानमा जिल्ला स्थित संचारकर्मीहरुको पनि महत्वपूर्ण सहयोग भएका कारण त्यसमा साथ दिन समेत अनुरोध गरे ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto